सत्ता निकट तीन विद्यार्थी संगठनले गर्भनर महाप्रसाद अधिकारीलाई बर्खास्ती गर्न सरकारलाई दवाव बढाउने भएका छन् । त्यसका लागि उनीहरुले चरणवद्ध आन्दोलनका कार्यक्रम नै घोषणा गरेका छन् ।नेविसंघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियूका अध्यक्षत्रय डुजाङ शेर्पा, पञ्चा सिंह र सुदेश पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै साउन ३ गतेदेखि ७ गतेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । ‘महाप्रसाद अधिकारी उर्फ एम. अधिकारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप गभर्नरको जिम्मेवारीमा रहिरहेर कानुनी र