विस्थापित परिवारलाई बुटवल उपमहानगरले आवासको प्रवन्ध गर्ने

बुटवल उपमहानगरले सार्वजनिक जग्गाको संरक्षणका साथै प्रकोपको जोखिम र ठूला विकासे परियोजनाबाट विस्थापित हुने परिवारलाई आवासको प्रबन्ध मिलाउन सुरु गरेको छ ।चुरे पहिरोबाट विस्थापित हुने र जोखिमका रहेका, तिनाउ र दानव नदीकोे कटानकोे उच्च जोखिमका रहेका, औद्योगिक करिडोर, तिनाउ–दानव करिडोरबाट विस्थापित हुने परिवारलाई आवासका लागि आवश्यक जग्गा उपलव्ध गराउने बुटवल नगरपालिकाले जनाएको छ ।उपमहानगर प्रमुख शिवराज सुवेदीले विस्थापितहरुको आवाससहितको व्यवस्थापनका लागि बुटवल–१७ मा करिब ११ बिघा जग्गा यकिन

सम्बन्धित सामग्री

आवासको प्रबन्ध मिलाउन शुरू

बुटवल । बुटवल उपमहानगरले सार्वजनिक जग्गामा लामो समयदेखि बसोबास गर्दै आएकालाई आवासको प्रबन्ध मिलाउन शुरू गरेको छ । उपमहानगरपालिकाले प्रकोपको जोखिम र ठूला विकासे परियोजनाका निर्माणका लागि सार्वजनिक जग्गामा घर बनाई बसोबास गर्दै आएका विस्थापित परिवारलाई आवासको प्रबन्ध मिलाउन थालेको हो । बुटवल उपमहानगरपालिका क्षेत्रमा पर्ने चुरे पहिरोबाट विस्थापित हुने र जोखिमका रहेका, तिनाउ र दानव नदीकोे कटानकोे उच्च जोखिमका रहेका, औद्योगिक कोरिडोर, तिनाउ–दानव कोरिडोरबाट विस्थापित हुने परिवारलाई आवासका लागि आवश्यक जग्गा उपलब्ध गराउने यसअघि नै निर्णय भएको थियो ।      गत असारमा बसेको कार्यापालिकाको बैठकको निर्णय कार्यान्वयनका लागि उपमहानगरले वडा कार्यालयमार्फत त्यस्ता असुरक्षित र विस्थापित बस्तीका परिवारलाई निस्सा वितरण गर्न शुरू गरेको प्रमुख शिवराज सुवेदीले जानकारी दिए । विस्थापितको आवाससहितको व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका–१७ मा करिब ११ बिघा जग्गा यकिन गरेर राखिएको छ । त्यहाँ राखिने विस्थापितका लागि उपमहानगरले वडामार्फत स्थानान्तरण निस्सा वितरण गर्ने बताएको छ ।      उपमहानगरले गत आवमा तिनाउ–दानव कोरिडोर, मोतिपुर औद्योेगिक कोेरिडोर जस्ता परियोजनाबाट विस्थापित हुनेलाई बुटवलमै आवासका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । कार्यपालिकामार्फत विपन्न तथा विस्थापितका लागि नमूना सामूहिक आवास गृह निर्माण गर्ने निर्णय गरी मातहतका कार्यालयमा जानकारी पत्र पठाइएको भन्दै प्रमुख सुवेदीले जनता आवश्यक जग्गा यकिन गरी तारबार गरिएको जानकारी दिए । विस्थापित तथा प्रकोपबाट उच्च जोखिममा रहेका प्रभावितका लागि आवश्यक आवासको प्रबन्ध मिलाउने निर्णय गर्दै यकिन गरिएको जग्गाको कित्ता नम्बरसहित मातहतका कार्यालयमा सिफारिश गरिएको प्रमुख सुवेदीले बताए । सोही सिफारिस र निर्णयका आधारमा अव्यवस्थित बस्तीमा रहेका, नदीको किनारमा उच्च जोेखिममा रहेका, पहिरोको उच्च जोेखिममा रहेका र गौरवका परियोजनाबाट विस्थापित हुने परिवारकोे यकिन पहिचान गर्दैै तिनलाई तीन प्रकारका निस्सा वितरणको प्रक्रिया शुरू गरिएको प्रमुख उनको भनाइ छ ।      अव्यवस्थित बसोेबासीका रूपमा रहेका, तर बस्ती जोखिममा नरहेका परिवारलाई हरियो रङको बसोबास निस्सा पत्र, अव्यवस्थित बसोबासका रूपमा रहेका तर तिनाउ र दानव नदी कटान र बाढीपहिरोकोे उच्च जोखिममा रहेका बस्तीका लागि रातो रङको स्थानान्तरण निस्सा उपलब्ध गराइने उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । रासस

बुटवलमा सार्वजनिक जग्गा संरक्षण गरिँदै

बुटवल उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थित बस्ती निर्माणको काम थालेको छ । ठूला विकासे परियोजनाबाट विस्थापित हुने परिवारलाई आवासको प्रबन्ध मिलाउने काम अघि बढाइएको छ । चुरेको पहिरा, तिनाउ र दानव नदीकोे कटान तथा औद्योगिक र तिनाउ–दानव करिडोरबाट विस्थापित हुने परिवारलाई आवासका लागि आवश्यक जग्गा उपलव्ध गराउन उपमहानगरपालिकाले निर्णय गरेको छ । गत असारमा सम्पन्न कार्यपालिकाको बैठकबाट वडा कार्यालयमार्फत असुरक्षित र विस्थापित परिवारलाई निस्सा वितरण गर्न सुरु गरेको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । उनीहरुका लागि बुटवल–१७ मा करिब ११ बिघा जग्गा छनोट गरिएको छ । विस्थापितका लागि उपमहानगरले वडामार्फत स्थानान्तरण निस्सा वितरण गर्नेछ ।

बुटवलमा विपद् तथा ठूला विकासे परियोजनाबाट विस्थापित हुने परिवारलाई आवास

रूपन्देहीको बुटवल उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षणका साथै प्रकोपको जोखिम र ठूला विकासे परियोजनाबाट विस्थापित हुने परिवारलाई आवासको प्रबन्ध मिलाउन शुरू गरेको छ ।  चुरे पहिरोबाट विस्थापित र जोखिममा रहेका, तिनाउ र दानव नदीको कटानको उच्च जोखिमका रहेका, औद्योगिक करिडोर, तिनाउ–दानव करिडोरबाट विस्थापित हुने परिवारलाई आवासका लागि आवश्यक जग्गा उपलब्ध गराउने यसअघि नै निर्णय भइसकेको थियो ।  गत असारमा बसेको कार्यपालिकाको बैठकको निर्णय कार्यान्वयनका लागि उपमहानगरले वडा कार्यालयहरूमार्फत त्यस्ता अस...

पहिरो र नदी कटानबाट विस्थापितको घरभाडा बुटवल उपमहानगरले तिरिदिने

६ असोज, बुटवल । पहिरो र नदी कटानका कारण विस्थापित हुन पुगेका अति विपन्न परिवारलाई बुटवल उपमहानगरपालिकाले तत्कालका लागि घरभाडा तिरिदिने निर्णय गरेको छ । बुटवल–३ ज्योतिनगर क्षेत्रमा पहिरोबाट र वडा नम्बर ११ बुद्धनगरमा नदी कटानबाट विस्थापित भएका परिवारलाई वडा कार्यालयको सिफारिसका आधारमा घर भाडा रकम दिने निर्णय भएको हो । हालैको अविरल वर्षापछि आएको […]