पहिरो र नदी कटानबाट विस्थापितको घरभाडा बुटवल उपमहानगरले तिरिदिने

६ असोज, बुटवल । पहिरो र नदी कटानका कारण विस्थापित हुन पुगेका अति विपन्न परिवारलाई बुटवल उपमहानगरपालिकाले तत्कालका लागि घरभाडा तिरिदिने निर्णय गरेको छ । बुटवल–३ ज्योतिनगर क्षेत्रमा पहिरोबाट र वडा नम्बर ११ बुद्धनगरमा नदी कटानबाट विस्थापित भएका परिवारलाई वडा कार्यालयको सिफारिसका आधारमा घर भाडा रकम दिने निर्णय भएको हो । हालैको अविरल वर्षापछि आएको […]