बुटवल उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थित बस्ती निर्माणको काम थालेको छ । ठूला विकासे परियोजनाबाट विस्थापित हुने परिवारलाई आवासको प्रबन्ध मिलाउने काम अघि बढाइएको छ ।
चुरेको पहिरा, तिनाउ र दानव नदीकोे कटान तथा औद्योगिक र तिनाउ–दानव करिडोरबाट विस्थापित हुने परिवारलाई आवासका लागि आवश्यक जग्गा उपलव्ध गराउन उपमहानगरपालिकाले निर्णय गरेको छ । गत असारमा सम्पन्न कार्यपालिकाको बैठकबाट वडा कार्यालयमार्फत असुरक्षित र विस्थापित परिवारलाई निस्सा वितरण गर्न सुरु गरेको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । उनीहरुका लागि बुटवल–१७ मा करिब ११ बिघा जग्गा छनोट गरिएको छ । विस्थापितका लागि उपमहानगरले वडामार्फत स्थानान्तरण निस्सा वितरण गर्नेछ ।