प्रधानन्यायाधीश जबराविरुद्ध पूर्व पूर्व प्रधानन्यायाधीशहरुको मोर्चाबन्दी !

काठमाडौं, २४ असोज । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध पूर्व प्रधानन्यायाधीशहरु नै मोर्चाबन्दीमा लागेका छन् । विशेष सूत्रका अनुसार आज साँझ पूर्व प्रधानन्यायाधीशहरुले एक पूर्व प्रधानन्यायाधीशको निवासमा छलफल गरेका छन् । पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा माग भैरहेको बेला नेपाल बार एशोसिएसनका केही प्रतिनिधिहरु, बरिष्ठ अधिवक्ताहरुको सहभागितामा आज छलफल भएको बुझिएको छ। प्रधानन्यायाधीश जबराले आफ्नो जेठानलाई […]

सम्बन्धित सामग्री

सर्वोच्चका न्यायाधीशले किन हेरेनन् बन्दी प्रत्यक्षीकरणको रिट ?

न्यायालय सुधारको माग गर्दै प्रधानन्यायाधीशविरुद्ध मोर्चाबन्दी गरेका सर्वोच्च अदालतका न्यायाधीशहरूले ७ दिनपछि सोमबार बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई गरेका थिए । बन्दी प्रत्यक्षीकरणको मुद्दामात्रै पेसीमा राखेमा मुद्दा हेर्ने न्यायाधीशको मागमा प्रधानन्यायाधीश सहमत भएर सोमबार सोही अनुसारको पेसी तोकेका थिए । आफूहरुको माग बमोजिम नै प्रधानन्यायाधीशले बन्दी प्रत्यक्षीकरणको रिट मात्रै पेसीमा चढाएका र आफ्नो लागि पेसीसमेत नतोकेपछि सोमबार बन्दी प्रत्यक्षीकरणको सबै रिटमा सुनुवाई र आदेश भयो ।