काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनलले जनकपुरको विद्यापति चोकमा आफ्नै सुविधासम्पन्न भवनबाट बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत नयाँ भवनबाट बैंकिङ सुरु गरेका हुन् ।
कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ–संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवा उपस्थित रहेको बैंकले जनाएको छ ।
हाल धनुषाको जनकपुर उपमहानगर–४ मा सञ्चालनमा रहेको विद्यापति चोक शाखा अब हालको भवनबाट करिब ३०० मिटरको दूरीमा रहेको आफ्नै भवनमा स्थानान्तरण भएको छ ।
सुविधासम्पन्न शाखाबाट ग्राहकलाई प्राथमिकतामा राख्दै प्रिभिलेज काउन्टरसमेत सुरु गरिएको छ । बैंकले हाल १७४ शाखा, १२३ एटीएम र ९० शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।