नेकपा एमालेले विधान संशोधन प्रस्ताव पारित गर्दै संगठनात्मक रूपमा व्यापक हेरफेरको प्रस्ताव गरेको छ ।
भदौ २७ र २८ गतेका लागि तय भएको विधान महाधिवेशनमा पेश गर्न तयार गरिएको विधान संशोधनमा अहिलेको संरचनामा व्यापक हेरफेर प्रस्ताव गरिएको छ ।
केन्द्रीय कमिटी २२५ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ । अब एमालेमा महाधिवेशनबाट अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने र अन्य पदाधिकारी केन्द्रीय कमिटीले छान्न प्रस्ताव गरिएको छ ।
प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार एमालेमा अब उपाध्यक्ष २, उपमहासचिव २ र सचिव ७ जना रहने प्रस्ताव गरिएको ज...