काठमाडौं : नेकपा एमालेमा निवर्तमान अध्यक्षको मर्यादाक्रम निर्वाचित अध्यक्षपछि रहने प्रस्ताव पेश भएको छ। ललितपुरको गोदावरीमा शुक्रबारदेखि जारी विधान महाधिवेशनमा विधान संशोधन मस्यौदा कार्यदलका संयोजक विष्णु पौडेलले यस्तो प्रस्ताव पेश गरेका हु्न्। ‘केन्द्रीय कमिटी दुई महाधिवेशनबीचको अवधिमा पार्टीको सर्वोच्च संस्था हुनेछ। यो कमिटी राष्ट्रिय महाधिवेशन, विधान महाधिवेशन तथा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्प्रति उत्तरदायी हुनेछ‚’ प्रस्तावमा उल्लेख छ, ‘राष्ट्रिय