नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले क्षेत्रीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो । यसअघिका महानिर्देशक राजन पोखरेलले आफ्नो कार्यकाल सकिएपछि क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका थिए । निमित्तको जिम्मेवारीमा रहेका क्षेत्रीलाई नै मन्त्रिपरिषद बैठकले महानिर्देशकमा नियुक्त गरेको हो ।क्षेत्री दाबेदारमध्ये सबैभन्दा सिनियर थिए ।

सम्बन्धित सामग्री

राजकुमार क्षेत्री अदालतको आदेश लिएर पुगे नागरिक उड्डयन प्राधिकरण

काठमाडौं । सर्वोच्च अदालतको अल्पकालीन आदेश लिएर महानिर्देशक राजकुमार क्षेत्री नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयमा पुगेका छन् । तर, हाजिर गर्न नपाई फर्किएका छन् । सोमबार बिहान बबरमहलस्थित प्राधिकरणको प्रधान कार्यालयमा क्षेत्री एक घण्टा बढी समय बसेका थिए । भोलिदेखि पुनः कार्यालय जाने उनले बताए । “सर्वोच्च अदालतको अल्पकालीन आदेशपछि कार्यालयमा हाजिर...

सर्वोच्चको पत्रसहित क्षेत्री पुगे प्राधिकरण

काठमाडौं, २ फागुन । नागरिक उड्डयन प्राधिकरण पूर्व प्रबन्ध निर्देशक राजकुमार क्षेत्री सर्वोच्चको पत्रसहित कार्यालयमा हाजिर हुन पुगेका छन् । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले क्षेत्रीको पक्षमा कारणसहित पक्ष विपक्षलाई १५ दिनको म्याद दिएर अदालतमा उपस्थित हुन आदेश गर्दै आपत्कालीन अन्तरिम आदेश जारी गरेको हो । अहिले प्राधिकरणको प्रबन्ध निर्देशकमा ई.प्रदीप अधिकारी नियुक्त भइसकेका छन् […]

सर्वोच्चको पत्र बोकेर प्राधिकरण पुगे राजकुमार क्षेत्री

नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्व प्रबन्ध निर्देशक राजकुमार क्षेत्री सर्वोच्चको पत्रसहित कार्यालय हाजिर हुन पुगेका छन् । गत आइतबार सर्वोच्चले क्षेत्रीको पक्षमा आपत्कालीन अन्तरिम आदेश जारी गरेसँगै उक्त पत्र बोकेर क्षेत्री सोमबार प्राधिकरण पुगेका हुन् । तर, हाल प्राधिकरणको प्रबन्ध निर्देशकमा सरकारले ई.प्रदीप अधिकारीलाई नियुक्त गरेको छ ।निवर्तमान प्रबन्ध निर्देशक क्षेत्री ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि सरकारले उक्त स्थानमा अधिकारीलाई नियुक्त गरेको थियो । तर, क्षेत्रीले उक्त अ

क्यानको महानिर्देशक प्रधानमन्त्रीले सोझै नियुक्त गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक सिधै नियुक्त गर्ने भएका छन् । पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद बैठकबाट सिधै महानिर्देशक नियुक्त गर्ने भएका हुन् ।पर्यटन मन्त्रालय माधब नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ । तर, मन्त्री नियुक्त भईसकेका छैनन् । जसका कारण उक्त मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आएका छन् । मन्त्री नभएका कारण मन्त्रालयले महानिर्देशकमा यसपटक कसैको पनि नाम सिफारिस नगर्ने भएको हो । मन्त्री नभएको अवस्थामा सिधै प्रधानमन्त्रीले नै महानिर्देशक नियुक्त गर्ने व्यवस्था भएकोले यसपटक मन्त्रिपरिषदमा कसैको नाम सिफारिस हुने छैन ।महानिर्देशकको दौडमा निमित्त महानिर्देशक राजकुमार क्षेत्री, उपमहानिर्देशक भोलाप्रसाद गुरागाई र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतावबाबु तिवारी छन् ।

उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन्।

नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

काठमाडौं । मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् ।

क्यानको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेलले पदबाट राजीनामा दिएसँगै उपमहानिर्देशक राजकुमार क्षेत्री निमित्त महानिर्देशकमा नियुक्त भएका छन् । पर्यटन मन्त्रालयले क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिन गरेको सिफारिसका आधारमा महानिर्देशक पोखरेलले राती नै उनलाई निमित्त महानिर्देशक नियुक्त गरेका हुन् । अब मन्त्रिपरिषद्को बैठकले निणर्य गरेपछि मात्रै उनी महानिर्देशकमा नियुक्त हुनेछन् । महानिर्देशकका लागि १२ तहका ६ जना उपमहानिर्देशक रहेपनि ४ जनाले असोज ७ गते महानिर्देशक पोखरेलसँगै अवकास पाउँदैछन् । बाँकी रहेका उपनिर्देशकमध्ये क्षेत्री सिनियर भएकाले उनलाई निमित्त महानिर्देशक बनाईएको हो । उनीसँगै भोला गुरागाईं महानिर्देशकको दावेदार छन् ।महानिर्देशक पोखरेलले असोज ७ गते आवकास पाउँदैछन् । उनले त्यसको २ दिन अघि राजीनामा दिएका हुन् । उनी २०७६ असार १३ गते महानिर्देशक बनेका थिए ।