सर्वोच्चको पत्र बोकेर प्राधिकरण पुगे राजकुमार क्षेत्री

नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्व प्रबन्ध निर्देशक राजकुमार क्षेत्री सर्वोच्चको पत्रसहित कार्यालय हाजिर हुन पुगेका छन् । गत आइतबार सर्वोच्चले क्षेत्रीको पक्षमा आपत्कालीन अन्तरिम आदेश जारी गरेसँगै उक्त पत्र बोकेर क्षेत्री सोमबार प्राधिकरण पुगेका हुन् । तर, हाल प्राधिकरणको प्रबन्ध निर्देशकमा सरकारले ई.प्रदीप अधिकारीलाई नियुक्त गरेको छ ।निवर्तमान प्रबन्ध निर्देशक क्षेत्री ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि सरकारले उक्त स्थानमा अधिकारीलाई नियुक्त गरेको थियो । तर, क्षेत्रीले उक्त अ

सम्बन्धित सामग्री

नेपाली आकाशलाई सुरक्षित बनाउनुपर्ने चुनौती थपिएको छः राजकुमार क्षेत्री

काठमाडौं, २ माघ । नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक एवं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्व महाप्रबन्धक राजकुमार क्षेत्रीले हिजोको दुर्घटनाले सबैलाई सशंकित बनाएको बताएका छन् । ‘हिजोको दुर्घटना आन्तरिक उडानको क्षेत्रमा धेरै ठूलो क्षति हो । यसले हामीलाई सशंकित बनाएको छ । जहाजमा प्रावधिक रुपमा खराबी देखिँदैन । मौसम पनि राम्रो थियो । नयाँ विमानस्थल थियो […]

प्राधिकरण पुगेर हाजिर नगरी फर्किए महानिर्देशक राजकुमार क्षेत्री

सोमबार बबरमहलस्थित प्राधिकरणको प्रधान कार्यालयमा पुगेर पनि महानिर्देशक क्षेत्रीले कार्यालयमा हाजिर भने गर्न नपाइ फर्किएका छन्।...

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले क्षेत्रीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो । यसअघिका महानिर्देशक राजन पोखरेलले आफ्नो कार्यकाल सकिएपछि क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका थिए । निमित्तको जिम्मेवारीमा रहेका क्षेत्रीलाई नै मन्त्रिपरिषद बैठकले महानिर्देशकमा नियुक्त गरेको हो ।क्षेत्री दाबेदारमध्ये सबैभन्दा सिनियर थिए ।

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

काठमाण्डाै – हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाउनुभएको छ । क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक बन्नुभएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको जनाएको छ । निमित्त महानिर्देशक क्षेत्रीले क्यानलाई प्रभावकारीरूपमा अघि बढाएर संस्थाको गरिमालाई अझ फराक...

नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदबाट राजन पोखरेलले राजीनामा दिएसँगै उपमहानिर्देशक राजकुमार क्षेत्री निमित्त महानिर्देशकमा नियुक्त भएका छन् ।

राजकुमार क्षेत्री बने नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक

राजकुमार क्षेत्री नेपाल नगरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक बनेका छन्। महानिर्देशक राजन पोखरेलले राजीनामा दिएपछि क्षेत्रीलाई निमित्तको जिम्मेवारी दिइएको प्राधिकरणले जनाएको छ।

क्यानको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेलले पदबाट राजीनामा दिएसँगै उपमहानिर्देशक राजकुमार क्षेत्री निमित्त महानिर्देशकमा नियुक्त भएका छन् । पर्यटन मन्त्रालयले क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिन गरेको सिफारिसका आधारमा महानिर्देशक पोखरेलले राती नै उनलाई निमित्त महानिर्देशक नियुक्त गरेका हुन् । अब मन्त्रिपरिषद्को बैठकले निणर्य गरेपछि मात्रै उनी महानिर्देशकमा नियुक्त हुनेछन् । महानिर्देशकका लागि १२ तहका ६ जना उपमहानिर्देशक रहेपनि ४ जनाले असोज ७ गते महानिर्देशक पोखरेलसँगै अवकास पाउँदैछन् । बाँकी रहेका उपनिर्देशकमध्ये क्षेत्री सिनियर भएकाले उनलाई निमित्त महानिर्देशक बनाईएको हो । उनीसँगै भोला गुरागाईं महानिर्देशकको दावेदार छन् ।महानिर्देशक पोखरेलले असोज ७ गते आवकास पाउँदैछन् । उनले त्यसको २ दिन अघि राजीनामा दिएका हुन् । उनी २०७६ असार १३ गते महानिर्देशक बनेका थिए ।