जबरजस्ती करणी (बलात्कार) मुद्दामा फरार रहेका दुई जना अभियुक्त आठ महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरी पिपरा–५ का २० वर्षीय सौरभ झा र काभ्रे नमोवुद्ध–९ का २२ वर्षीय साजन अधिकारी रहेको प्रहरीले जनाएको छ।
धनगढी- कैलालीमा चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ का २० वर्षीय बिक्की भनिने बलराम राना र २१ वर्षीय नरेश राना पक्राउ परेको प्रहरीले जनाएको छ। दुबै जनालाई अदालतले २०७९ भाद्र २८ गते ५ महिना ४ दिन कैद र ५ हजार जरिवाना तोकेको थियो। उनीहरू सोही दिनबाटै फरार रहेका थिए। दुवै जनालाई […]
रामेछापको लिखु तामाकोशी गाउँपालिकाबाट डाँका मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन्। फरार अभियुक्त लिखु तामाकोशी–५ बिजुलीकोटका २३ वर्षीय भक्तबहादुर तामाङलाई प्रहरीले सदरमुकाम मन्थलीको देवकोटा चोकबाट पक्राउ गरेको हो।
तामाङलाई २०७७...
२४ असार, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्त पक्राउ गरेको छ । पाल्पाको नगरपालिका-१४ घर भई काठमाडौं महानगरपालिका-१ नागार्जुन बस्दै आएका ५६ वर्षीय विष्णु प्रसाद गैरेलाई शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७९ जेठ २७ गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै ७ लाख ४० […]
डडेल्धुरा– डडेल्धुरामा विभिन्न मुद्दाका फरार अभियुक्त धमाधम पक्राउ परिरहेका छन् । अदालतको अन्तिम फैसलाले सजाए सुनाएका १२ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको सक्रियताले नौ दिनमा १२ जना अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीको सक्रियतामा फरार अभियुक्त पक्राउ गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी […]
बाँके– बाँकेमा सवारी ज्यान मुद्दाका एकजना फरार अभियुक्त पक्राउ परेका छन् । बाँकेको राप्तिसोनारी गाउँपालिका ८ बस्ने ३५ वर्षीय भिम बहादुर भन्ने रिम बहादुर खत्रीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । खत्रीलाई सवारी ज्यान मुद्दामा बाँके जिल्ला अदालतले गत वर्ष २ महिना ६ दिन कैद र दुई हजारको जरिवाना तोकको थियो । फरार रहेका उनलाई […]
निक्षेपकर्ताको २७ लाख रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका एक फरार अभियुक्त पक्राउ परेका छन्। बैङकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरबाट पक्राउ पुर्जी जारी भएका ईलाम जिर्मले स्थायी...
बारा, १७ भदौ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त कोल्हवी नगरपालिका १ बस्ने ३६ वर्षीय अनिल कुमार चौधरी मंगलबार पक्राउ परेका हुन् । सोही ठाउँस्थित नहरमा २०६९ जेठ २२ गते बिहान सोही ठाउँ बस्ने १८ वर्षीय अजय चौधरीको कर्तव्य गरी शव फालेको अवस्थामा फेला परेको […]
काठमाडौं।नेपाल प्रहरीले विभिन्न मुद्दाका फरार अभियुक्तहरु पक्राउ गरी एक वर्षको अवधिमा ४८करोड६०लाख ५५हजार४३५ रुपैयाँ राजस्व तथा बिगो संकलन गरेको छ।गत आर्थिक वर्ष २०७७/७८ मा ७ हजार ३९० जना फरार अभियुक्त पक्राउ गरी उक्त रकम संकलन गरिएको प्रहरीले जनाएको छ।अघिल्लो आर्थिक वर्षमा प्रहरीले २ हजार ३३२ जना फरार अभियुक्त पक्राउ गरी ३८करोड८९लाख ७४हजार३० रुपैयाँ राजस्व तथा बिगो संकलन गरेको थियो।
बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । अभियुक्त बूढानीलकण्ठ नगरपालिका–७ का ५९ वर्षीय लाक्पा लामालाई चक्रपथ काठमाडौंबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
लामालाई उच्च अदालत पाटनको २०७७ माघ ९ गतेको फैसलाले सात दिन कैद र १५ लाख जरिबाना ठहर गरेको थियो । लामालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्युरोले जनाएको छ ।
ब्युरोका अनुसार २०७५ सालमा लामाले व्यापार व्यवसाय गर्नका लागि रकम लिएको र उक्त रकम बराबरको चेक पीडित व्यक्तिलाई पर्या...
कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयद्वारा सात फरार अभियुक्त पक्राउ गरिएको बताइएको छ । फरार अभियक्त पक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दाका एक र सार्वजनिक मुद्दाका तीन अभियुक्त पक्राउ गरेको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट वन मुद्दाको एक र कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक धुर्वप्रसाद श्रेष्ठले जानकारी दिए ।