‘दारु पत्रकार’

सन् २०१५ को अक्टोबरमा काठमाडौंस्थित अन्नपूर्ण होटलमा गैर आवासीय नेपाली संघको रात्रीभोज चल्दै थियो। देशका धनाढ्यदेखि सेलिब्रेटीसम्मको उपस्थिति थियो। तारे होटलमा आयोजित भोज, त्यो पनि एनआरएनले गरेको पार्टीमा मदिराको कमी हुने कुरै भएन। मदिरा सौखिनका लागि त्यो ठूलो मेला र अवसर जस्तै थियो। विदेशी ब्रान्डको रक्सी रोजी रोजी पिउन पाउने अवसरलाई धेरैले उपयोग गरिरहे।