पोखरा महानगरपालिका–६ स्थित फिर्केखोला तटीय क्षेत्र तथा फेवाताल संगममा जम्मा भएको माटो झिक्न जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीले ठेक्का सम्झौता गरी कार्यान्वयन तयारीमा छ । यस्तै, पोखरा–२३ बाम्दीस्थित फेवातालको माटो झिक्ने कार्यलाई पनि ठेक्का सम्झौता गरिसकेको छ भने, पोखरा–३१ स्याङखुदीस्थित बेगनास तालको माटो झिक्ने कार्यलाई पनि ठेक्का गरिएको थियो ।