विश्वकप छनोटअन्तर्गत इटलीले लिथुआनियाविरुद्ध ५–० को जित निकालेको छ । यसअघि स्विचरल्यान्डविरुद्ध गोलरहित बराबरी खेलेको इटली बुधबार भने निकै बलियो रुपमा प्रस्तुत भयो । इटलीबाट मोसी केनले दुई तथा इडगारस उट्कस, गियाकोमो रास्पाडोरी र डि लोरेन्जोले एक–एक गोल गरे । यससँगै युरोकप विजेता इटली पछिल्ला ३७ खेलमा अपराजित रह्यो । विश्व फुटबलमा यति लामो अवधि अराजित रहने इटली पहिलो टोली हो । यसअघि १९९० को दशकमा ब्राजिल र २००० को दशकमा स्पेनले समान ३५–३५ खेलसम्म अपराजित रहने किर्तिमान