विश्वकप छनोटमा ब्राजिलको फराकिलो जीत

कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा ब्राजिलले फराकिलो जीत निकालेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान ब्राजिलले पाराग्वेले ४-० गोल अन्तरले हराएको हो । ब्राजिललाई जीत दिलाउन राफिन्हा, फिलिपे कोउटिन्हो,एन्टोनी र रोड्रिगोले एक एक गोल गरे । जीतसँगै ब्राजिलले १५ खेलमा ३९ अंक जोडेको छ । ब्राजिल छनोटको शीर्ष स्थानमा रहेको छ । ब्राजिलले विश्वकपमा यस अघि नै स्थान पक्का गरिसकेको छ । पाराग्वे १३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

सम्बन्धित सामग्री

वल्भ्समाथि आर्सनलको सानदार जीत

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा आर्सनलले सानदार जीत निकालेको छ। आइतबार राति भएको खेलमा आर्सनलले वल्भ्समाथि ५–० को सानदार जित निकालेको हो। आर्सनलको फराकिलो जितमा ग्रानिट झाँकाले दुई तथा बुकायो साका, गाब्रियल जेसस र ज्याकुव किविअर समान एक-एक गोल गरे। यस जितसँगै आर्सनलले ३८ खेलबाट ८४ अंक जोडेर दोस्रो स्थानमा पुगेको छ भने पराजित वल्भ्स […]

पछिल्लो पाँच खेलमा लिभरपुलको पहिलो जीत

लन्डन । लिभरपुलले लिड्स युनाइटेडलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको छ । प्रिमियर लिगका लागि सोमबार राति भएको एक मात्र खेलमा लिभरपुलले लिडसलाई उसको घरेलु मैदानमा फराकिलो अन्तरले पराजित गरेको हो । पछिल्लो पाँच खेलमा लिभरपुलको यो पहिलो जित हो । सो खेलको पहिलो हाफ नै लिभरपुलले २–० को अग्रता लिएको थियो । जसका लागि […] The post पछिल्लो पाँच खेलमा लिभरपुलको पहिलो जीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लिड्समाथि लिभरपुलको फराकिलो जीत

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लिड्स युनाइटेडमाथि ६-१ को फराकिलो जीत हासिल गरेको छ। शीर्ष चारको सम्भावना कमजोर रहेको लिभरपुलका लागि मोहम्मद सलाह र डियोगो जोताले समान २-२ गोल गरेका थिए। लिभरपुलसँग पराजित लिड्सलाई भने रेलिगेसन जोखिम बढेको छ। लिभरपुलका लागि कोडी गाक्पोले ३५ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। ३९ औँ मिनेटमा सलाहले […]

काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिताको जीत सुनिश्चित

काठमाडौं, जेठ ११ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले जीत सुनिश्चित गरेका छन्। पछिल्लो मतपरिणाम अनुसार उनले ५५ हजार ७१८ मत ल्याएका छन्। सुरुदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६०८ मत […]

बी डिभिजन लिग फुटबलमा बाँसबारी क्लबको फराकिलो जीत

राजेश पौडेलको ह्याट्रिकको सहयोगमा बाँसबारी क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियसनमाथि ६–० को फराकिलो जित निकाल्दा अर्को खेलमा बीरगञ्ज युनाईटेड र रानीपोखरी कर्नर टिम (आरसिटी) ले २–२ गोलको बराबरी खेलेका छन् ।ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बाँसबारीले मध्यपुरमाथि आधा दर्जन गोल गरेको हो । एक तर्फी जस्तो भएको खेलमा बाँसबारीले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप पाँच गोल गर्न सफल भएको थियो ।

गगन र विश्वप्रकाश दुवैको जीत सुनिश्चित

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले जीत सुनिश्चित गरेका छन् । गन्न बाँकी मतभन्दा तेस्रो स्थानमा रहेका उम्मेदवारसँगको मतान्तर बढी भएपछि गगन र विश्वप्रकाश दुवैको जीत सुनिश्चित भएको छ । ४३९० मत गन्दा गगनले २८२३ मत प्राप्त गरेका छन् । गगनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १८२४, डा. प्रकाशशरण महतले १४५५, प्रदीप पौडेलले १३०३, मीनेन्द्र रिजालले ७५३ र डा. राजाराम कार्कीले १०० मत प्राप्त गरेका छन् । गगन र महतको मतान्तर निकै फराकिलो भइसकेको छ भने विश्वप्रकाशले पनि ३६९ मतको अग्रता लिएका छन् । अ...

माधव नेपाल, झलनाथ र बामदेवविनाको एमालेमा ओलीको फराकिलो जीत

काठमाडौं, १४ मंसिर । नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले प्रतिष्पर्धी भीम रावललाई ठूलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका छन् । दुवैबीच १७ सयभन्दा बढी मतान्तर देखिएको छ । ओलीले दोस्रोपटक अध्यक्ष निर्वाचित हुँदा एमाले फुटिसकेको छ । उनका पुराना सहकर्मीहरु पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल छैनन् । […]

ऐतिहासिक क्रिकेट शृङ्खलामा नेपाली महिला क्रिकेट टोलीको शानदार जीत

नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा शानदार जीत दर्ता गरेको छ । कतारसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाली महिला टोली ११९ रनको फराकिलो अन्तरले विजयी बनेको हो । नेपाली महिला क्रिकेट टोलीको यो पहिलो अन्तर्राष्ट्रिय शृङ्खला हो । पहिले ब्याटिङ गर्दै नेपाली टोलीले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा कतारको टोली मात्र २७ रनमा अलआउट हुन पुगेको थियो । कतालाई सस्तोमा समेट्न रुबिना क्षेत्रीले ३ तथा कविता कुँवर र सीता राना मगरले २&nd

स्कटल्यान्डसँग भारतलाई फराकिलो जीत आवश्यक

काठमाडौं :  भारतले शुक्रबार टी-२० विश्वकपअन्तर्गत समूह चरणको चौथो खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ।सुपर-१२ अन्तर्गत समूह २ मा रहेको भारत सेमिफाइनल प्रवेशका लागि संघर्षरत छ।पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएपछि सेमिफाइनल आश कमजोर भएको भारतका लागि यो खेलमा पनि फराकिलो अन्तरमा जित निकाल्नु पर्ने चुनौती छ। भारत दुबईमा स्कटल्यान्डविरुद्ध साँझ ७:४५ मा प्रतिस्पर्धा गर्ने छ।भारतका लागि स्कटल्यान्ड विरुद्धको खेल र नामीबिया विरुद्धको अन्तिम खेल दुवैमा फराकिलो जित अपरिहार्य छ।साथमा नेट रन

विराटनगरविरुद्ध ललितपुरको फराकिलो जीत, अन्तिम चारको स्थान पक्का

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगर सिटी एफसीलाई ४-० ले पराजित गर्दै ललितपुर सिटी एफसीले अन्तिम चारमा स्थान पक्का गरेको छ। फराकिलो जित निकाल्ने क्रममा ललितपुरका अन्जन बिष्टले २, बिमल राना र नुर्लान जाहिदले १/१ गोल गरे। जितसँगै ६ खेलमा ९ अंक जोडेको ललितपुर लिगको तेस्रो स्थानमा उक्लिएको छ। विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ।