काठमाडौं । बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको नयाँ भाडादर आजदेखि लागु भएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो । जसअनुसार अब काठमाडौँ उपत्यका लगायत क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायातमा ५ किलोमिटरसम्म यात्रा गर्ने यात्रुले १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ […]