कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी जितेन्द्र धिताललाई दिइएको छ । सरकारले तुल्सीराम गौतमलाई प्रमुख प्रशासक पदबाट हटाएसँगै धिताललाई निमित्तको जिम्मेवारी दिइएको हो । २०७६ साल जेठदेखि प्रमुख प्रशासक बनेका उनलाई एक साताअघि बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालय स्रोतका अनुसार गौतमलाई अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिन भनेका थिए, केपी ओली सरकारको पालमा नियुक्त भएका उनले राजीनामा दिन आनाकानी गरेपछि शेरबहादुर देउवा नेतृत्व