वैशाख २५, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म विभिन्न पदमा ३९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका बताएको छ ।
निर्वाचन आयोगका अनुसार एकल उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
आयोगले प्रकाशित गरेको नियमित बुलेटिन अनुसार गाउँपालिकाका तीन जना अध्यक्षसहित विभिन्न पदमा उनीहरु निर्विरोध भएका हुन् ।