काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले वीर अस्पताल अगाडि सञ्चालन हुँदै आएका फार्मेसीमा डोजर चलाएको छ । महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि आज बिहीवार दिउँसो डोजर चलाएको हो ।
अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि नहटाएकाेले डोजर चलाउनुपरेको महानगरपालिकाले जनाएको छ । फार्मेसी सञ्चालन भएका ठाउँ बगैँचा (पार्क) बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको छ ।
नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिका...