विभिन्न देशहरूबीचको लेनदेनमा उपयोगी हुने गरी अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले हालै मात्र सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) का लागि प्लाटफर्म निर्माणको घोषणा गरेको छ । नेपालजस्ता संघर्षशील देशका केन्द्रीय बैंकलाई डिजिटल मुद्रा प्रचलनमा ल्याउन यसले सहज हुने ठानिएको छ । नेपाल राष्ट्र बैंकले आईएमएफको पहलको प्रशंसा गर्दै सीबीडीसी कार्यान्वयनका लागि अन्तर्राष्ट्रियस्तरबाटै प्रोत्साहनको माहोल बनेको प्रतिक्रिया दिएको छ ।