आफ्नै ‘डिजिटल करेन्सी’ ल्याउन राष्ट्र बैंकले थाल्याे अध्ययन

४ फागुन, काठमाडौं । आफ्नै भर्चुअल मुद्रा (डिजिटल करेन्स) ल्याउन नेपाल राष्ट्र बैंकले अध्ययन सुरु गरेको छ । पछिल्लो समय क्रिप्टो करेन्सी जस्ता मुद्राहरूलाई अवैध कारोबार भन्दै कारबारही सुरु गरेको राष्ट्र बैंकले आफ्नै करेन्सी ल्याउन समिति नै बनाएर छलफल सुरु गरेको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले प्रारम्भिक चरणको अध्ययन सुरु गरिएको […]

सम्बन्धित सामग्री

'राष्ट्र बैंकले घरजग्गा धितो राखेर ऋण लिने जमाना गयो भन्न खाजेको हो?'

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा स्वार्थ बाझिने गरी काम भइरहेको बताएका छन्।बुधवार संसदीय समितिको बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन्। सांसद वाग्लेले वित्तीय संस्थाहरुमा शेयर खरिदबिक्रीमा पनि स्वार्थ बाझिने गरी भइरहेका कामलाई राष्ट्र बैंकले सुक्ष्म अध्ययन गरेर रोक्न आवश्यक रहेको बताए।उनले अन्य निकायहरु भन्दा राष्ट्र बैंक विशिष्ट अधिकार प्राप्त संस्था भएकाले त्यहीअनुसार काम गर्न आवश्यक रहेको बताए। उनले राष्ट्र ब

रेमिट्यान्स निक्षेप र कर्जा नवीकरण शुल्कको अध्ययन गर्दै राष्ट्र बैंक

२२ कात्तिक, काठमाडौं । बैंकहरूले नियमविपरीत लिएको ब्याज फिर्ता गर्न लगाएको नेपाल राष्ट्र बैंकले अब कर्जा नवीकरणको नाममा लिइएको शुल्कबारे पनि छानविन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले गत साता सबै वाणिज्य बैंकहरुलाई पत्र काट्दै गत आर्थिक वर्ष २०७८/७९ र चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासको कर्जा नवीकरण र त्यसको शुल्कको विवरण मगाएको […]

निक्षेपमा ब्याजदर छानबिन गर्दै राष्ट्र बैंक, बढी दिएको पाए निष्क्रिय बनाइदिने

२८ भदौ, काठमाडौं । बैैंकहरुले निक्षेप तान्न जथाभावी ब्याजदर बढाएपछि राष्ट्र बैंकले अनुगमन सुरु गरेको छ । निक्षेपको ब्याजदर जथाभावी बढाएको धेरै गुनासो आएपछि सुपरीवेक्षण विभागबाट अध्ययन भइरहेको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले १८ भदौमा आयोजना गरेको एक कार्यक्रममा पनि डेपुटी गभर्नर मिश्रले प्रकाशित ब्याजदरमा तलमाथि […]

डिजिटल करेन्सी निकाल्ने तयारीमा राष्ट्र बैंक

काठमाडौं, फागुन ४ । निजीक्षेत्रबाट आएको क्रिप्टो करेन्सी सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला नेपाल राष्ट्र बैंकले भने आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । हाल राष्ट्र बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) को सम्भाव्यता अध्ययन गरिरहेको छ, जुन अन्तिम चरणमा पुगिसकेको बताइएको छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत […]

डिजिटल करेन्सी निकाल्ने तयारीमा राष्ट्र बैंक

निजीक्षेत्रबाट आएको क्रिप्टो करेन्सी सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला नेपाल राष्ट्र बैंकले भने आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । हाल राष्ट्र बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) को सम्भाव्यता अध्ययन गरिरहेको छ, जुन अन्तिम चरणमा पुगिसकेको बताइएको छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत डिजिटल करेन्सीको सम्भाव्यता अध्ययन गर्ने लक्ष्य लिएको थियो । विश्वभरि नै डिजिटल करेन्सीको प्रयोग तथा सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा राष्ट्र बैंकले यसको अध्ययन अगाडि बढाएको हो...

बैंक तथा लघुवित्तहरुको आवश्यक संख्याबारे अध्ययन भईरहेको छ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले कति संख्यामा बैंक तथा लघुवित्तहरु आवश्यक हुन्छ भन्ने सम्बन्धमा अध्ययन भईरहेको जनाएको छ । आरम्भ चौतारी लघुवित्त र देउराली लघुवित्त बिच एकीकृत कारोबार शूभारम्भ गर्दै नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले बैंक तथा लघुवित्तहरु आवश्यक संख्याबारे अध्ययन भईरहेको बताएका हुन् ।राष्ट्र बैंकका  संचालक रेग्मीले आजको मिति सम्म नेपालमा लघुवित्तहरुको संख्या ६८ वटा रहेकोमा यो संख्या अझै बढी भएकोले नेपालमा कति संख्यामा बैंक तथा लघुवित्तहरु आवश्यक हुन्छ भन्ने सम्बन्धमा अध्ययन भईरहेको बताएका हुन् । उनले केही नितिगत कुराहरुमा समेत सुधार गर्नु पर्ने बताएका छन् । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा न. १० मा रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडां ४ मा रहेको देउराली लघुवित्त वित्तीय संस्था लिमिटेड लाई प्राप्ति गरि एकीकृत कारोबार शुभारम्भ गरेको हो ।

राष्ट्र बैंकको अध्ययन भन्छ : माघसम्म मुद्रास्फिति १० प्रतिशतसम्म पुग्नसक्छ

आगामी माघसम्म मुद्रास्फीति १० प्रतिशतको हाराहारीमा पुग्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको मुद्रास्फिति अपेक्षा सर्वेक्षणअनुसार मुद्रास्फितिको दरमा वृद्धि हुने उल्लेख छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन) अनुसार केन्द्रीय बैंकलाई निर्दिष्ट गरेका उद्देश्यमध्ये मूल्य स्थिरता कायम राख्नु पनि एक रहेको उल्लेख गर्दै बैंकले मुद्रास्फीति दरलाई प्राथमिकतामा राखेर मौद्रिक नीतिको कार्यदिशा तय गर्दै आएको जनाएको छ । मौद्रिक तथा गैरमौद्रिक तत्वबाहेक उपभोक्ताको भविष्यप्रतिको मूल्य अपेक्षाले पनि मुद्रास्फीतिलाई प्रभाव पार्ने बैंकको भन...

राष्ट्र बैंकले बनायो आफ्नै मोबाईल एप

काठमाडौं। नेपाल राष्ट्र बैंक मोबाइल एप सार्वजनिक गरेको छ। राष्ट्र बैंककी डेपुटी गर्भनर डा.निलम ढुंगाना तिम्सिनाले ‘नेपाल राष्ट्र बैंक’ नामक मोबाइल एप सार्वजनिक गरेकी हुन्। अबदेखि बैंकले एपमार्फत बैंकका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्याङ्क लगायतका सूचना प्राप्त गर्न सकिन्छ। हाल वेटा भर्सजनमा सार्वजनिक भएको एप केही समयपछि आईओएस अपरेटिङ सिस्टममा लैजाने बैंकले जानकारी गराएको छ।

राष्ट्र बैंक मौद्रिक नीति तयार पार्दै

काठमाडौं, असार २९ । नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्ष (आव)२०७८/७९ का लागि मौद्रिक नीति तयारीमा जुटेको छ । साउन पहिलो सातातिर नीति सार्वजनिक गर्ने गरी तयारी थालेको राष्ट्र बैंकले दर्जनौं संघसंस्था र व्यक्तिगत तवरले प्राप्त रायसुझावमाथि अध्ययन गरिरहेको छ । राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले हालसम्म प्राप्त सुझावलाई अध्ययन […]

राष्ट्र बैंकले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनरकर्जा उपलब्ध गराउने

नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनरकर्जा उपलब्ध गराउने भएको छ । केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने व्यवस्था गरेको हो ।निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले सङ्कटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका आयोजनालाई त्यस्तो सुविधा दिइनेछ । कूल १० मेगावाट भन्दा साना जलविद्युत् आयोजनालाई बढीमा एक वर्षसम्म पुनरकर्जा प