नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको काज सरुवा भएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयले १६ जना इन्स्पेक्टरहरुको काज सरुवा निकालेको हो।
काज सरुवामा इन्स्पेक्टर अनिल ठकुरीलाई महानगरीय प्रहरी प्रभाग, बुढानिलकण्ठ पठाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निवास र अन्य भीआईपीहरुको बसोबास भएकाले उक्त बूढानीलकण्ठ क्षेत्रलाई प्रहरीभित्र संवेदनशील क्षेत्र मानिन्छ।
बुढानिलकण्ठमा कार्यरत इन्स्पेक्टर राजकुमार तामाङको जिल्ला प्रहरी कार्यालय मुस्ताङमा सरुवा भएको छ।