सत्तारूढ पाँच दलले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने समझदारी गरेका छन् । गठबन्धनको समझदारीअनुसार मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति बिहीबार घोषणा गर्नेछ । उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्मै प्रतिनिधिसभा जीवित राख्न पनि सत्ता गठबन्धन दलले समझदारी गरेका छन् ।