आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन बसेको सत्ता गठबन्धनको बैठक मंगलबार पनि बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले विहीबार पुनः बस्नेगरी टुंगिएको हो ।जनमोर्चाका नेता हिमलाल पुरीका अनुसार भदौ ९ गतेभित्र सिट बाँडफाँट टुंग्याउने सहमति भएको छ । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला सहभागी थिए ।यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकी