डेंगी र स्क्रब टाइफसको लक्षण उस्तै, लामखुट्टेको टोकाइबाट बच्न डाक्टरको सल्लाह

काठमाण्डौ – काठमाण्डौमा डेंगीसँगै स्क्रब टाइफसका बिरामी भेटिन थालेका छन् । डेंगी भएको भन्दै अस्पताल पुगेका बिरामीमा स्क्रब टाइफस भएको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ ।  टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगी र स्क्रब टाइफसको लक्षण एउटै हुन्छ । अचानक उच्च...

सम्बन्धित सामग्री

बागलुङमा डेंगी बढ्यो तर परीक्षण किट छैन, कास्कीमा १ हजार ४०० बढी डेंगी संक्रमित

बलेवा । बागलुङ जिल्लामा डेंगीको समस्या बढिरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले दैनिक डेंगीका बिरामी बढे पनि त्यसका लागि अत्यावश्यक रगत परीक्षण कीट नभएको गुनासो गरे । स्वास्थ्य कार्यालयले पनि डेंगीरोग महामारीको रुपमा आएकोले रगत परीक्षण कीट भित्र्याउन सबैको चासो र पहल हुनुपर्ने आवश्यकता औंल्याउँदै मङ्गलबार डेंगी, स्क्रब टाइफस, सापुलगायतको जोखिमबारे सरोकारवालाको ध्यानाकर्षण समेत गरायो ।      जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले ती समस्याबारे प्रस्तुती गर्दै लामखुट्टे, सेतो पुतली र मुसामा लाग्ने भुसुनाबाट जोगिनुपर्नेमा जोड दिनुभयो । अहिले डेंगीपरीक्षणको कीट नभएकोले रगत परीक्षण गर्न नसकिएको उनको भनाइ थियो ।      स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले भने, “तनहुँमा महामारी भएकाले धेरै सेवा उतै गएको छ, भोलि यहाँ पनि सङ्क्रमण बढ्ने अवस्था छ, त्यसका लागि मन्त्रालय तहसम्म पहल गरेर कीट तयारी राख्नुपर्छ ।” धौलागिरि अस्पतालले पाँच सय कीट मागेकामा अहिलेसम्म नआएको उनको गुनासो थियो । अस्पतालमा आउने बिरामीमध्ये ३० प्रतिशत ज्वरोका मात्रै भएको तथ्याङ्क छ । “दैनिक पाँच सयसम्म बिरामी आइरहेका छन्, तीमध्ये ३० प्रतिशत ज्वरोका छन्,’ प्रमुख शर्माले भने, “अहिलेको महामारी भएकोले सबैको डेंगीपरीक्षण गर्न चाहेर पनि सकिएको छैन ।” अस्पतालमा आइतबारसम्म परीक्षण भएका एक सय ३९ डेंगीका सङ्क्रमित छन् । बागलुङको बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा डेंगीका बिरामी धेरै भेटिएको बताउँदै उनले खोज र नष्ट गर अभियान चलाएर सङ्क्रमण रोक्ने प्रयास भए पनि दैनिक बिरामी बढेको छ भने ।कीट व्यवस्थापनका लागि जिल्ला दैवीप्रकोप उद्धार समिति स्वास्थ्य कार्यालय तथा मनसुनजन्य विपत् व्यवस्थापन समितिले पहल गर्ने निर्णय गरेको छ ।      प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा सबै पालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख तथा स्वास्थ्य, रेडक्रस र धौलागिरि अस्पतालका पदाधिकारीले पनि महामारी नियन्त्रणमा चासो दिएका थिए । चाडपर्वमा बढ्न सक्ने महामारीप्रति सचेत हुन र परीक्षणको दायरा बढाउन तत्काल कीट तथा औषधिको भण्डारण बढाउन उनीहरुले सुझाव दिएका थिए ।      कास्कीमा  १ हजार ४०० बढी डेंगी संक्रमित कास्कीमा पछिल्ला दिनमा डेंगीको सङ्क्रमण बढेको राससले समाचार संप्रेषण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म एक हजार चार सय ८१ मा सङ्क्रमण पुष्टि भएको छ । केही दिनयता पोखराका अस्पतालमा डेंगी भएर उपचारका लागि आउनेको सङ्ख्या दैनिक बढ्दै गएको जनाइएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले ११ जना डेंगीका बिरामी उपचाररत छन् । त्यसमध्ये दुईको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका निर्देशक डा भरतबहादुर खत्रीले बताए ।      “अहिले दैनिक डेंगी सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । पानी पर्न नरोकिएकाले अझै केही दिन सङ्क्रमण बढ्ने देखिन्छ”, उनले भने, “सङ्क्रमितमा उच्च ज्वरो आउने, मांशपेशी दुख्ने, टाउँको दुख्ने, आँखा वा आँखाका गेडी दुख्ने, वान्ता हुने, थकान तथा बेचैनी हुने, जोर्नी दुख्ने लक्षण देखिने गरेका छन् ।”      स्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले सङ्क्रमणबाट बच्नका लागि सचेतना नै महत्वपूर्ण हुने जनाउँदै लामखुट्टेको टोकाइबाट बच्नुपर्ने बताए । “कास्कीमा सङ्क्रमण बढ्दै गएको छ । सचेतनाका कार्यक्रम गरिए पनि सङ्क्रमण कम हुन सकेको छैन”, उनले भने, “डेंगीबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उपयुक्त उपाय हो । यसका लागि पानी जम्मा हुने खाल्डाखुल्डी पुर्ने, एसी, कुलरबाट जम्मा हुने पानी दैनिक परिवर्तन गर्नेलगायत कुरा सबैलाई जानकारी गराउनु पर्दछ ।” आचार्यका अनुसार पोखरामा वडा कार्यालय, विभिन्न संघसस्थाले डेंगी सचेतनाका कार्यक्रम गर्दै आएका छन् । “सङ्क्रमण बढेपछि लामखुट्टेको ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम सञ्चालन गरिएको छ”, उनले भने । वर्षात्को समयमा पानी जम्ने भएकाले डेंगीको सङ्क्रमण बढी फैलिने गरेको चिकित्सक बताउँछन् । गण्डकी प्रदेशमा हालसम्म छ हजार सात सय ७८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशका ११ जिल्लामध्ये हालसम्म तनहुँ र कास्कीमा डेंगी सङ्क्रमणदर उच्च छ । मुस्ताङ बाहेकका अन्य सबै जिल्लामा सङ्क्रमण देखिएको छ । रासस

डेंगीबाट एकको मृत्यु,  महामारीको रुप लिँदै स्क्रब टाइफस

धादिङ।  धादिङमा  डेंगीका कारण एक जना बृद्धको मृत्यु भएको छ । पेट दुख्ने र बान्ता हुने समस्याले धादिङ अस्पतालमा भर्ना  भएका ज्वामूखी गाउँपालिका वडा नम्बर ७ निवासी ७५ वर्षीया राममायाँ छत्कुलीको डैंगी पुष्टि भएपछि मृत्यु भएको धादिङ अस्पतालका सूचना अधिकारी रामचन्द्र रिजालले जानकारी दिए। साउन २६ गते भर्ना भएर डेंगी समेतको उपचार गराइरहेका  छत्कुलीको दिसामा […]

गोरखामा स्क्रब टाइफस संक्रमित बढे

जिल्लामा डेंगीसँगै स्क्रब टाइफस संक्रमितका बिरामी पनि बढेका छन् । स्वास्थ्य कार्यालयका अनुसार आइतबारसम्म जिल्लाभर १ सय ४६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । ११ मध्ये ६ पालिकामा डेंगी संक्रमित छन् ।

४६ जनामा डेंगी संक्रमण पुष्टि

बाँकेमा केहि दिनयता डेंगी संक्रमण बढ्दै गएको छ । बाँकेमा अहिलेसम्म ४६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । बिहीबार नेपालगन्ज उपमहानगरपालिका ४ मा थप दुई जनामा डेंगु र एक जनामा स्क्रब टाइफस देखिएको छ ।

चितवनमा डेंगी र स्क्रब टाइफस संक्रमण बढ्दो

चितवनमा डेंगी र स्क्रब टाइफसका बिरामी बढेका छन्। जिल्लामा एक महिनाको अवधिमा ७६ जनामा डेंगी र ३२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो।...

कोरोनाबाहेकका अन्य सरुवा रोगको सङ्क्रमण कम

काठमाण्डाै - केही वर्षयता वर्षातको समयमा विभिन्न सरुवा रोगका बिरामी उच्च संख्यामा देखिने गरेका थिए । वर्षात् सुरु भएपछि डेंगी, स्क्रब टाइफस, जण्डिस तथा झाडापखालाका बिरामीले अस्पताल भरिभराउ हुन्थे ।  गएको वर्ष महामारीकै रुपमा डेंगीको जोखिम बढेको थियो । डेंगीकै कारण ६ जनाको ज्यान गएको थियो भने १६ हजारको हाराहारीमा ...

कोरोनासँगै मौसमी रुघाखोकी, डेंगी र स्क्रब टाइफसको जोखिम

काठमाण्डाै - सबैको ध्यान कोरोनामा मात्र केन्द्रीत हुँदा मौसमी रुघाखोकी, डेंगी, र स्क्रब टाइफसका बिरामीसमेत देखिन थालेका छन् । सुदूरपश्चिमको डडेल्धुरा, बैतडी बझाङ र डोटीमा बिरामी भएकामध्ये केहीमा स्क्रब टाइफस  पुष्टि भएको छ  । यस्तै चितवनलगायतका तराईका केही जिल्लामा डेंगी र देशका धेरैजसो ठाउँमा मौसमी रुघाखोकी ...