कोरोना संक्रमणका कारण पत्रकार साईको मृत्यु

काठमाडौं। नेपालगञ्जमा कार्यरत पत्रकार रईश साईको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादकसमेत रहेका साईको शनिबार उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो। नेपालगञ्ज निबासी साईको शनिबार नै इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा १३ जना पत्रकारले ज्यान गुमाइसकेका छन्।

सम्बन्धित सामग्री

कोरोनाका कारण नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख १८ हजार ७८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपालमा रहेका संक्रमितमध्ये ११ हजार ९५१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ लाख ६६ हजार १६० जना संक्रमित निको भइसकेका छन् ।

युरोप फेरि कोरोना महामारीको केन्द्र बन्यो : डब्ल्युएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले युरोप फेरि कोरोना महामारीको केन्द्र बनेको बताएको छ। युरोपभरि कोरोना संक्रमितको संख्या बढिरहेका बेला डब्ल्युएचओको यस्तो भनाइ आएको हो।एक पत्रकार सम्मेलनमा डब्ल्युएचओका युरोप प्रमुख हान्स क्लुगेले फेब्रुअरीसम्ममा युरोप महादेशमा कोभिडका कारण मृत्यु हुनेको संख्या पाँच लाखभन्दा धेरै पुग्नसक्ने बताएका छन्। उनले खोप पर्याप्त मात्रामा नलगाइँदा संक्रमितको संख्या बढेको दाबी गरे।हालैका महिनामा युरोपमा खोप लगाउने दर घटेको छ। स्पेनमा करिब ८० प्रतिशत मानिसले दुवै मात्रा खोप

कोरोनाका कारण नेपालमा १८ जना पत्रकारको मृत्यु, ९ सयभन्दा बढीमा संक्रमण

काठमाडौं।नेपाल पत्रकार महासंघले हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणका कारण १८ जना पत्रकारले ज्यान गुमाएको बताएको छ। नेपालमा हालसम्म ९ सयभन्दा बढी पत्रकारमा संक्रमण पुष्टिभएको छ।"पछिल्लो दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ। कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्दछौं," महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बानका अध्यक्ष न्यौपानेको कोरोना सङ्क्रमणबाट निधन

इनरुवा । रेडियो सञ्चालकहरुको सङ्गठन ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको शुक्रवार बिहान निधन भएको छ । कोरोना सङ्क्रमणका कारण उनको ५० वर्षको उमेरमा निधन भएको हो । न्यौपानेको विराट मेडिकल कलेजमा उपचार भइरहेकोमा शुक्रबार मृत्यु भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राइले जानकारी दिए । न्यौपाने इटहरीको सप्तकोसी एफएमका स्टेशन […]

रुपन्देहीमा कोरोना संक्रमणबाट पत्रकारको मृत्यु

५ वैशाख, बुटवल । कोरोना संक्रमण भइ उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको मृत्यु भएको छ । तिलोत्तमा–५ का ६१ वर्षीय पत्रकार हिक्मत चौधरीको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुधबार बिहान ३.१५ बजे मृत्यु भएको हो । रुपन्देहीमा कोरोना संक्रमणका कारण मृत्यु हुने उनी पहिलो पत्रकार हुन् । वैशाख २५ गतेदेखि कोरोना अस्पतालमा […]

कोरोनाबाट पत्रकार चौधरीको मृत्यु

बुटवल :  रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोनाका कारण मृत्यु भएको छ। बुटवल धागो कारखानामा संचालित कोरोना बिशेष अस्पतालमा उनको मृत्यु भएको हो। तिलोत्तमा बनबाटीका आइसोलेसनमा उपचार शुरु गरिएका उनलाइ पछिल्लो समय कोरोना बिशेष अस्पताल लगिएको थियो। १० दिनदेखि कोरोना विशेष अस्पतालमा उपचाररत चौधरीको भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको आज बिहान…

कोरोना संक्रमणबाट १३ जना पत्रकारले ज्यान गुमाए

काठमाडौं। नेपाल पत्रकार महासंघले हालसम्म कोरोना भाइरस संक्रमणका कारण देशभर १३ जना पत्रकारको मृत्यु भएको जनाएको छ। हिजो मात्र नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको मृत्यु भएको थियो।हालसम्म नेपालमा ७ सय ५० जना भन्दा बढी पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको महासंघले बताएको छ। पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेकोमा महासंघले चिन्ता व्यक्त गरेको छ।

कोरोना संक्रमणका कारण पत्रकार शाहीको मृत्यु

बाँके : कोरोना साक्रमणका कारण बाँकेमा एक जना पत्रकारको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण अवधी पत्रकार संघ जिल्ला शाखा बाँकेका सहसचिव रईस शाहीको शनिबार मृत्यु भएको छ।लामो समयदेखि सञ्चार संस्थामा आवद्ध रहेका शाहीको शनिबार कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ निवासी ४४ वर्षीय शाहीलाई बैशाख १८ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो।नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य समेत रहेका शाहीको ९ वर्षीया छोरी र ४ वर्षको एक छोरा छन्। संघ बाँकेका शाखा र के

कोरोनाबाट रेडियोका स्टेशन म्यानेजर चौधरीको मृत्यु

रौतहट । रेडियो मधेस मसला गरुडाका स्टेसन म्यानेजर मनोज  कुमार चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गरुडा नगरपालिका घर भएका पत्रकार चौधरीको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा बुधबार साँझ साढे ६ बजे मृत्यु भएको हो ।घरमै रहेका बेला कोरोना संक्रमित भएका ४० वर्षीय चौधरी पछिल्लो २ सातादेखि  नारायणी अस्पताल वीरगञ्जमा उपचाररत रहेका थिए । कोरोना संक्रमणका कारण  मंगलबार मात्रै प्रेस युनियनका कोषाध्यक्ष रामादेवी यादवको गौर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

कोरोना संक्रमणबाट नेपालमा सात जना पत्रकारको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट सात जना पत्रकारको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघका अनुसार ५१३ जना पत्रकार कोरोना भाइरसबाट संक्रमण भएकोमा सात जनाको मृत्यु भएको हो । ४७० जना संक्रमण मुक्त भएका महासंघले जनाएको छ । महासंघले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण श्रमजीवी नेपाली पत्रकारहरुले ठुलो समस्या भोग्नु परेको जनाएको छ । कोरोना भाइरस संक्रमणको बाहानामा ठूला भनिएका सञ्चारगृहबाट नै पत्रकारलाई सेवाबाट बञ्चित गर्ने, नियमित सेवा सुविधा उपलब्ध नगराउने, बेतलबी बिदामा राख्ने जस्ता कार्यले श्रमजीवी पत्रकार तथा तिनमा आश्रीत परिवारले आर्थिक समस्या झेल्नुपरेको महासंघले जनाएको छ । यस्तै, संघीय सरकार र प्रदेश सरकारले सञ्चार सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवालासँगको छलफल विना नै निर्माण भएका तथा सरकारले संसद समक्ष पु-याएका सार्वजनिक सेवा प्रसारण सम्वन्धी विद्येयक, सूचना प्रविधि विद्येयक, मिडिया काउन्सिल विद्येयकसहित संचार सम्बन्धी विभिन्न विधेयकमा प्रेस स्वतन्त्रता विरोधी धेरै दफाहरु ल्याएको उल्लेख गरिएको छ । नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा गरिएको अभिलेख अनुसार सन् २०२० जानवरी १ देखि २०२० डिसेम्वर ३१सम्मको यो एक बर्षको अवधिमा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटनाहरु अभिलेख गरिएको छ। गतवर्ष अर्थात सन् २०१९ मा प्रेस स्वतन्त्रता हननका ५० वटा घटना अभिलेख गरिएको थियो । यो एकवर्षको अवधिमा सबैभन्दा धेरै ३२ वटा घटना पत्रकारमाथि दुव्र्यवहार तथा धम्कीका रहेका छन्। त्यस्तै, ९ वटा घटना पत्रकारमाथि आक्रमणका छन् भने ५ वटा घटना पत्रकार गिरफ्तारीका छन्। यस्तै, ४ वटा घटना कब्जा तथा अवरोधका रहेका छन् भने २ वटा घटना पेशागत असुरक्षाका अभिलेख भएका छन् ।