कोरोनाका कारण नेपालमा १८ जना पत्रकारको मृत्यु, ९ सयभन्दा बढीमा संक्रमण

काठमाडौं।नेपाल पत्रकार महासंघले हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणका कारण १८ जना पत्रकारले ज्यान गुमाएको बताएको छ। नेपालमा हालसम्म ९ सयभन्दा बढी पत्रकारमा संक्रमण पुष्टिभएको छ।"पछिल्लो दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ। कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्दछौं," महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।