कोलम्बो । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशमा संकटकालको घोषणा गरेका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेपछि उनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्का सभामुखले जानकारी दिएका छन् ।
उनलाई राष्ट्रपति नियुक्त गरेसँगै देशव्यापी विरोध प्रदर्शन सुरु भएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री कार्यालयबाहिर प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको...