काठमाडौं : श्रीलंकाका राष्ट्रपतिले देश छाडेपछि त्यहाँ प्रदर्शन हुन थालेको छ। प्रदर्शनकारीले कोलम्बोको सडक कब्जा गरेर उग्र प्रदर्शन शुरु गरेपछि त्यहाँका प्रधानमन्त्री रानिल विक्रमसिंघेले संकटकाल घोषणा गरेका छन्।
प्रदर्शनकारीहरु अहिले कोलम्बोमा रहेको संसद भवनतिर अघि बढेको समाचार संस्थाहरुले जनाएका छन्। त्यसैगरी प्रधानमन्त्री कार्यालयअगाडिसमेत प्रदर्शन भएको थियो।
प्रधानमन्त्री विक्रमसिंघेले उग्र प्रदर्शनकारीलाई…