एजेन्सी- श्रीलंकामा देशव्यापीरूपमा आपतकाल घोषणा गरिएको छ। कार्यवाहक राष्ट्रपतिको रूपमा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राष्ट्रव्यापी संकटकाल घोषणा गरेका हुन्। राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेको केही घण्टापछि सम्भावित हिंसाबीच संकटकाल घोषणा गरिएको हो। राष्ट्रपति गोटाबायाको राजीनामा माग गर्दै राजधानी कोलम्बोमा बिहानैदेखि प्रदर्शन भइरहेका छन्। बढ्दो विरोध प्रदर्शनलाई नियन्त्रण गर्न कोलम्बोलगायत पश्चिमी प्रान्तमा अनिश्चितकालीन कर्फ्यु पनि लगाइएको […]