पर्वत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भीडको आधारमा संसद् विघटनको फैसला हुने भए कांग्रेसले भीड जम्मा पारेर देखाउन नसक्ने बताएका छन्। नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश समितिद्वारा पोखरामा बिहीबार आयोजित प्रथम गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेससँग पैसा नभएका कारण कार्यकर्तालाई सडकमा उतार्न नसक्ने बताएका हुन्।नेकपाका दुई समूहले एक अर्कालाई देखाउनकै लागि पैसा खर्चेर भए पनि भीड देखाउने क्रम चलिरहेको प्रति व्यङ्ग्य गर्दै यस्तो बताएका हुन्। ‘हामीसँग पैसा पनि