कैलालीको लालबोझीमा नदी बस्तीसम्म आइपुग्यो

कैलालीको भजनी नगरपालिका वडा नम्बर ५, पुलियापुर बस्ती लालबोझी नजिकै बग्ने कान्द्रा नदी अहिले मानव बस्तीसम्मै आइपुगेको छ । बस्तीका केही घरको आँगनमा पानी पुगिसकेको छ । आफ्नो घर आँगननै कटान हुने लागेपछि रातिनै सर–सामानसहित बाहिर निस्किए संजय चौधरी । हेर्दा हेर्दै उनको घर नदीले कटान ग¥यो ।सोमबार रातिदेखिको वर्षाका कारण कान्द्रा नदीको बहाव बढ्दै गएपछि संजयको घर बुधबार बिहान नदीले कटान गरेको थियो । बुधबार दिउँसो उनी छिमेकीको घरमा सर–सामान सारिरहेका थिए । उनले भने, ‘घर नदीले कटान ग

सम्बन्धित सामग्री

चौँरीधापदेखि दोर्पुसम्म

चौँरीधापकी चौँरीगोठाल्नी दिदीसित छुट्टिएर अघि बढेपछि केही बेरमा आइपुग्यो ‘धापडाँडा’ चुइयाँथान भन्ने बस्ती । यहाँ आइपुग्दा हामीले समुद्रतलदेखि एघार ह

बडे नेताका बडा योजना

महाविपत्तिका कारण केही दिनदेखि संसद् चल्न सकेको थिएन । तर देशका तीन ठूला नेता हतार हतार एक आपसमा भेटेर गम्भीर छलफल गरेपछि फ्याट्ट संसद् खुलिहाल्यो, महाविपत्ति त छुमन्तर भइहाल्यो । नेताहरू देश र जनताप्रति कति गम्भीर छन् भन्ने यो एउटा उदाहरण हो । जब जब देशमा कुनै समस्या पर्छ, त्यसबेला ठूला नेताहरू मिलेर त्यस्ता समस्या हल गर्ने गरेका छन् । ठूला नेताका ठूलै चाला ।  नेताहरू लडेकै कारण त देशमा गणतन्त्र आयो, यो भिन्दै कुरा हो कि त्यस क्रममा केही सामान्य मान्छे मरे होलान्, शहीद घोषणा गरिए होलान् । तर नेताहरूको महान् त्यागको अगाडि अरूको के गणना गर्नु र ?  नेताहरूले देशका लागि गर्नुविधि गरिराछन् । तर आँखामा पट्टी बाँधेका जनता त्यो देख्दैनन् । नेताहरूले देशैभरि भ्यू–टावर बनाएका छन् । काठमाडौंमै धरहरा पुन: ठड्याएका छन् । तर मान्छेहरू कुरै नबुझी भ्यु–टावर के काम भन्छन् । धरहरा/भ्यू–टावर किन बनाएको भने देशभरि आएको विकासको लहर हेर्न । त्यहाँ माथि चढेर समृद्धि र विकास कहाँसम्म आइपुग्यो भनेर हेर्न मिल्छ । ग्याँसको पाइप कहाँसम्म लाग्यो, पानी जहाज कहाँ आइपुग्यो हेर्न मिल्छ । अझ भ्यू–टावरबाट चन्द्रमातिर जान सजिलो पर्छ । रावणले गर्न बाँकी राखेको स्वर्ग जाने बाटो झैं । मान्छेहरूलाई थाहै छैन । हाम्रा नेताहरूले त्यही भ्यू–टावरबाट चन्द्रमा जाने बाटो बनाउन कम्मर कसेका छन् । देशभित्र डाँडाकाँडा, कुना कन्दरासम्म बाटो खनिसकेकाले अब देशमा बाटो बनाउने कतै ठामै बाँकी छैन । अनि चन्द्रमा जाने बाटो बनाउन परेन त ? नेताहरूको कति दूरदृष्टि हुन्छ सामान्य मान्छेले भेउ नै पाउँदैनन् भन्या ! नेताहरू अब नेपाली जनताका सुविधाका खातिर सगरमाथा हुँदै चन्द्रमासम्म बाटो पुर्‍याउने योजनामा छन् । त्यसैले उनीहरू समय समयमा गम्भीर छलफलमा जुटेका हुन्छन् । एलन मस्कले मंगल ग्रहमा मानव बस्ती बनाउने योजना ल्याएपछि हामी के कम भन्दै ५ वर्षभित्र नेपालबाट चन्द्रमासम्म पुग्ने बाटो बनाउने योजना बनाएको विशेष सूत्रबाट थाहा भएको छ । यो पहिलो विशेष हवाई सडक परियोजना हुनेछ, जसबाट प्रकृतिलाई कुनै नोक्सान पुुग्दैन । किनकि यो बाटोमा कुनै रुख, जंगल हुन्नन् । यसमा लगानी गर्न बीआरआई आउने कि एमसीसी भन्ने विवादले मात्र यो परियोजना अलि ढिलो भएको हो ।  यसको दोस्रो फाइदा यो छ कि रकेट बनाउन धेरै खर्च लाग्छ, अनि प्रत्येक पटक नयाँ मिसनमा नयाँ रकेट बनाएर पठाउनुपर्ने हुन्छ । तर यो सगरमाथा–चन्द्रमा हवाई सडक बन्यो भने नेपालको अन्तरिक्ष पुग्ने मिसन पनि सफल हुन्छ । सबैलाई थाहा छ इन्धन एउटा महत्त्वपूर्ण संसाधन हो । जुन अहिले विश्वमा द्रुत गति र धेरै परिमाणमा खर्च भइरहेको छ । अर्को कुरा यो पनि सबैलाई थाहा छ कि चन्द्रमा माथि हुन्छ र पृथ्वी तल । चन्द्रमाबाट तल झर्दा शून्य गियरमा अर्थात् सित्तैमा झर्न सकिन्छ, जसले गर्दा इन्धनको धेरै बचत हुन्छ । चन्द्रमाबाट बहुमूल्य खनिजको बोझ बोकेर तल सगरमाथामा झर्ने यानको बोझले सगरमाथाबाट चन्द्रमा जाने यान आफै तानिएर माथि चन्द्रमामा पुग्नेछ । ग्राभिटेशन रोपवे देख्नुभएकै होला, नत्र सुन्नु त भएकै होला । हो ठीक त्यस्तै ।  नेताहरूले देशैभरि भ्यू–टावर बनाएका छन् । काठमाडौंमै धरहरा पुन: ठड्याएका छन् । तर मान्छेहरू कुरै नबुझी भ्यू–टावर के काम भन्छन् । धरहरा/भ्यू–टावर विकास र समृद्धि कहाँ आइपुग्यो भन्ने हेर्न बनाइएको हो । त्यसमाथि चढेर ग्याँसको पाइप, पानी जहाज कहाँ आइपुग्यो हेर्न मिल्छ । सगरमाथा–चन्द्रमा सडकको निर्माण सामग्री भण्डारण गर्न यसका दुवैतिर थुप्रै दोकानहरू, थुप्रै पेट्रोल पम्पहरू खुल्नेछन् । यसले लाखौंलाई रोजगारी सृजना हुनेछ । यसले हाम्रो देशको बेरोजगारी समस्या हल हुनेछ । हामी सबै मान्छौं कि पृथ्वी आफ्नै अक्ष वरिपरि अर्थात् आफ्नै मियोमा घुम्छ । तर हाम्रा नेताजीहरू अथक् प्रयासपछि त्यो मियोलाई निकाल्न सफल भएका छन् । पृथ्वी हाम्री माता हुन् । पृथ्वीलाई विनाकारण घुमेको देखेर हाम्रा नेताहरूलाई राम्रो लाग्ने कुरै भएन । त्यसैले नेताहरूले पृथ्वी घुम्ने मियोलाई सफलतापूर्वक निकालेर फ्याँकिदिएका छन् । त्यसैले पहिले पृथ्वीले सूर्यको चक्कर लगाउँथ्यो । तर अब चन्द्रमाजस्तै सूर्य पनि पृथ्वीको चक्कर लगाउन थाल्नेछ ।  यति मात्र कहाँ हो र ? नेताजीहरूको योजना त अझै बृहत् पो छ त । उनीहरूले सूर्यलाई यस्तो ठाउँमा स्थापित गर्न प्रयास गरिरहेका छन्, जस्तै अन्टार्कटिका महादेश र आर्कटिक महासागर, जहाँ अत्यन्त चिसो हुन्छ । त्यहाँका जनताले कहिल्यै राम्रोसँग सूर्यको तातो पाउन सकेका छैनन् । हो, त्यहाँ लगेर सूर्यलाई धेरै समय राख्ने योजना छ नेताजीहरूको । त्यसो भएपछि हाम्रोतिर पनि गर्मी भाग्छ, शितल लाग्छ । त्यसको अर्को फाइदा यो छ कि सूर्य ती ध्रुवहरूमा धेरै बस्न थालेपछि हिउँ पग्लनेछन् र हाम्रा मानिसहरूले पिउने, सिँचाइ गर्ने प्रशस्त पानी पाउन सक्छन् । चन्द्रमामा पनि पानीको धेरै दु:ख छ । हाम्रा नेताहरूको योजना यो पनि छ कि हामीकहाँ अतिवृष्टि गर्ने बादलहरूको संकलन गरेर, भण्डारण गरेर त्यसलाई चन्द्रमामा पठाउने । यसले गर्दा चन्द्रमामा राम्रोसँग वर्षा हुन सक्छ र यहाँ पनि बाढी नियन्त्रण गर्न मद्दत पुग्छ । नेताहरूले नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिकामा आफ्नो प्रभुत्व स्थापना गर्ने प्रयास गरे । ललिता निवासको सिस्नोघारीमा धनाढ्यको बस्ती बसाउन पहल गरे । तर, मानिसहरूले कुरा नबुझेर सरकारी जग्गा हडपेको आरोप लगाए । ए बाबा, सरकारी होस् कि असरकारी विकास भए भएन र भन्या ? ‘आफू ताक्छु मुढा, बन्चरो ताक्छ घुँडा’ भनेजस्तै नेताहरू समस्या समाधान गर्न खोज्छन्, तर कुरा नबुझेर तालीको साटो उल्टो गालीमात्र पाइरहेका छन् । हाम्रा नेताहरूले यति ठूलो योजनामा काम गरिरहेका छन्, यो जनताले देख्दै देख्दैनन् । पाँच पाँच वर्षमा पनि यो गरेन, ऊ गरेन भनेर गुनासा मात्र गरिरहन्छन् । जाबो ५ वर्षमा के हुन्छ एउटा देशको जीवनमा ? फेरि चुनाव जितेको पहिलो वर्ष स्वागत समारोह, जितको र्‍याली र झ्यालीमै बितिहाल्छ । दोस्रो वर्ष राजनीतिको दाउपेच सिक्नमै व्यस्त हुनुपर्छ । अनि सरकारी कर्मचारी, व्यापारीसँग तालमेल मिलाउँदैमा समय जान्छ । तेस्रो वर्ष खाने र खुवाउनेमै जान्छ । चौथो वर्ष त रिसाएका मतदातालाई फकाउन घर दैलो कार्यक्रममा पुग्नैपर्‍यो । पाँचौं वर्ष ठूला अर्थात् टिकट बाँड्ने नेताको सेवामा हाजीर हुन जानैपर्‍यो, नत्र टिकट पाउन असम्भव हुन्छ । ठूला नेताका समस्या पनि ठूलै हुन्छन् नि । आफ्ना कार्यकर्तालाई मात्र हप्काएर र फकाएर पुग्दैन । दिल्लीका सिल्ली र बेइजिङका बेइमानहरूलाई खुशी पार्नैपर्‍यो ।  यसरी मरिहत्ते गरेर जनताका लागि खट्दा पनि नेताहरूले काम गरेन भन्नेहरू त वास्तवमै अबुझ हुन् । ठूला नेताका योजना पनि ठूल्ठूलै हुन्छन् नि । नेताले काम गरेनन् भनेर गनगन गर्नुको सट्टा ठूला योजना कहाँ के के छन्, बत्ती बालेर भए पनि खोज्न शुरू गरे हुन्न ?

वसन्ताको बस्ती नजिक आइपुग्यो बाघ!

भारतको दुधुवा नेशनल पार्क हुँदै वसन्ता करिडोरबाट बाघ बस्ती नजिकका जंगलमा देखिएको आशंका गरिएको छ।...

मनोहरा खोलाकाे बाढीले स्थानीयकाे विचल्ली

सोही बस्ती बस्ने विमला तामाङ भन्छिन्, 'राति सुतिरहेको बेला ढिस्को खस्दा बिउँझिए, एकैछिनमा पानी कोठा भित्रैसम्म आइपुग्यो केही निकाल्न पाएनौं किचनको समान सबै बगायो बेलैमा थाहा पाएर बाँच्याैं नत्र परिवार सबैलाई बगाउने रहेछ।'

पोखरामा सुपरम्यान जिपलाइन शुरू, विश्वकै भिरालो दाबी

२ कात्तिक, पोखरा । कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेस बाँध्यो । फलामको लठ्ठामा जमिनतिर फर्किएर झुण्डियो । चराले झैं पखेंटा फिँजाउँदै हावाको बेगमा मिनेटमै उपल्लो डाँडाबाट तटमा आइपुग्यो । साहसिक खेल मन पराउनेले पोखरामा यसरी नै हावामा वेग मार्न थालेका छन् । सराङकोटबाट आखैंअघि हिमाल, जंगल, बस्ती, खोलाको दृश्यावलोकन गर्दै हेमजासम्म सुपरम्यम जिपफ्लाइङ शुरू […]

भुटानमा छोडिएका र छोडी जाने आफन्तको सम्झनामा बित्छ शरणार्थीको दशैँ

विराटनगर : ‘वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्योनेपाली जनको महान् चाड आँगनमा आइपुग्योहो दशैँ आयो...’पथरीशनिश्चरे–१० मा रहेको भुटानी शरणार्थी क्याम्पकी भीममाया तामाङको घरमा बजिरहेको थियो यो गीत। त्यही गीतको पृष्ठभूमिमा थियो चकमन्न शरणार्थी बस्ती।थातथलो छोडेर आएका र छोडी जाने आफन्तको सम्झनामा बाँचेकी भीममायाको परिवारको गन्थन।पूर्वी नेपालको झापाको दमक नगरपालिकाको बेलडाँगी र मोरङको पथरी–शनिश्चरे शिविरमा रहेका भुटानी शरणार्थीलाई अमेरिका, अस्ट

मर्स्याङ्दीको धार पुरानै लयमा फर्काउन चुनौती

मनाङ । मनाङको सदरमुकाम चामेस्थित मोटरेबल पुल नदी कटानको जोखिममा परेको छ । मर्स्याङ्दी नदीको धार पुरानै लयमा फर्काउन नसकिँदा अहिले पुल जोगाउन कठिन भएको हो । अहिले एक्स्क्याभेटरको प्रयोगबाट नदीलाई पुरानो धारतर्फ पठाउन प्रयास भने जारी छ । नदीले बगाएर ल्याएका काठ पुलमा अड्किँदा पानी रोकिएर नयाँ धार बनाएर बगेको छ ।      वर्षा भइरहेकाले पानीको सतह कम नहुँदा हेभी इक्वीपमेन्ट प्रयोग गर्न असहज भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए । ‘नदीले धेरै भौतिक संरचनामा क्षति पुर्‍याएको छ, त्यसैले मेशिन प्रयोग गरेर पुरानो धारतर्फ धकेल्ने प्रयास गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट तेल मगाइयो । तेल त आइपुग्यो । काम गर्न सकिएको छैन,’ उनले भने, ‘पानी पर्न रोकिएको छैन, नदीको सतह उस्तै छ, पुल र बस्ती बचाउन चुनौती भयो ।’   मन्त्रालयले बाढीपहिरोका कारण अवरुद्ध बेसीशहर–चामे सडक तत्काल खुलाउन माताहतका निकायलाई निर्देशन दिएको छ । मेशिन चलाउन इन्धन अभाव भएकाले नेपाली सेनाको हेलिकोप्टरमार्फत इन्धन चामे ल्याइएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । नदीको धार परिवर्तन गराउन उपकरण प्रयोग गर्न कठिन भएको उनले बताए । निरन्तरको वर्षाले पानीको सतह नघट्दा उपकरण प्रयोग गर्न र पुलमा अड्किएका काठले गर्दा पानी छिर्न नपाएर धार फेरिएको उनको भनाइ छ । ‘सडक सञ्जालका लागि उपयोगी बनेको पुल बाढी आउँदा भने समस्याको जड बनेको छ,’ उनले भने । उक्त सडक खण्डमा भएको क्षतिको विस्तृत अध्ययन गर्न सेना र सडक विभागको प्राविधिक टोली आए पनि प्रतिकूल मौसमले साथ दिएको छैन । बाढी पहिरोका कारण बेसीशहर–चामे सडक अवरुद्ध हुँदा जिल्ला सडक सञ्जालबाट पूर्ण रूपपा विच्छेद भएको छ । रासस