पोखरामा सुपरम्यान जिपलाइन शुरू, विश्वकै भिरालो दाबी

२ कात्तिक, पोखरा । कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेस बाँध्यो । फलामको लठ्ठामा जमिनतिर फर्किएर झुण्डियो । चराले झैं पखेंटा फिँजाउँदै हावाको बेगमा मिनेटमै उपल्लो डाँडाबाट तटमा आइपुग्यो । साहसिक खेल मन पराउनेले पोखरामा यसरी नै हावामा वेग मार्न थालेका छन् । सराङकोटबाट आखैंअघि हिमाल, जंगल, बस्ती, खोलाको दृश्यावलोकन गर्दै हेमजासम्म सुपरम्यम जिपफ्लाइङ शुरू […]

सम्बन्धित सामग्री

पर्वतमा ठडियो सिसाको पुल

पर्वत । पर्वतको कुश्मा नगरपालिका–५ चाक्लेको डिलमा सिसाको पुल निर्माण गरिएको छ । पर्यटक आकर्षित गर्ने उद्देश्यले जिपलाइन सञ्चालन गरिरहेको हार्नेस कम्पनीले सिसाको पुल निर्माण गरेको हो । कालीगण्डकी नदीमाथिको भीरमा निर्माण गरिएको सिसाको पुल खोला वा नदी तर्न भने बनाइएको होइन । साहसिक पर्यटनमा रमाउनेका लागि पुल बनाइएको हार्नेस कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए । उक्त पुलको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरे । उनले पर्वतमा निजी क्षेत्रले पर्यटनमा ठूलो लगानी गरेको बताउँदै राज्यले पनि प्रोत्साहन गर्नुपर्ने धारणा राखे । पर्वत पर्यटनको हब बन्दै गएकामा तिमिल्सिनाले खुसी व्यक्त गरे । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भीरको दृश्य छर्लंग देख्न सकिन्छ । तल एकै पटकमा १ सय जनासम्मले स्काईब्रिजको आनन्द लिन सक्ने बस्नेतले बताए । पुल ३५ फिट लामो र ११ फिट चौडा छ । ‘हामीले सिसाको पुल नेपालका लागि पहिलो हो’, बस्नेतले भने, ‘अहिले युवा आकर्षण टिकटकमा भएका कारण यसले युवायुवतीलाई आकर्षित गर्ने विश्वास लिएका छौं ।’ अहिले निर्माण भएको छोटो स्काईब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविष्यमा विबश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको कम्पनीका निर्देशक बस्नेतले बताए । स्काईब्रिज विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइन र विश्वकै दोस्रो अग्लो बञ्जी तथा विश्वकै अग्लो स्विङ सँगै छ । हार्नेस प्रालिले कुस्मा बजारमै पहिलो पटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ । आइतबारदेखि सञ्चालनमा आएको स्विङमा पहिलो दिनमै २० जोडीले आनन्द लिएको सञ्चालक सुनिल बानियाले जानकारी दिए । कम्पनीले यसअघि विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइन पनि सञ्चालनमा ल्याएको छ । अहिले जिपलाइनमा बच्चादेखि ८० वर्षे वृद्धसम्मको आकर्षण छ । पोखरा र अन्य ठाउँबाट पनि धेरै पर्यटकले जिपलाइनमा आउने इच्छा राख्दै समय बुक गराउने क्रम बढिरहेको प्रबन्ध निर्देशक बानियाले बताए । जिपलाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ ।

पोखरामा कोरोनाबीच बढ्दै साहसिक पर्यटन

कोरोना महामारीकै बीच पोखरामा साहसिक पर्यटनका गतिविधि बढेका छन् । प्याराग्लाइडिङ, बन्जी, जिप फ्लायर, रक क्लाइम्बिङ, क्यानोनिङ, र्‍याफ्टिङलगायत गतिविधि भएको पोखरामा सुपरम्यान जिपलाइन र ‘जायन्ट स्विङ’ समेत थपिएका हुन् ।

पर्वतको ५२ फिटको ‘द हार्नेस’ विश्वको अग्लो ‘हाइड्रोलिक स्विङ’ भएको दाबी

पर्वत : पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै गएको पर्वतमा साहसिक पर्यटनमा रमाउनेहरूका लागि फेरि अर्को खेल थपिएको छ।विश्वकै दोस्रो अग्लो बन्जी जम्प र सुपरम्यान शैलीको विश्वकै दोस्रो लामो जिपलाइन रहेको पर्वतमा अर्को साहसिक खेलका रूपमा 'विश्वकै सबैभन्दा अग्लो' ‘हाइड्रोलिक स्विङ’ सञ्चालनमा ल्याउन लागिएको हो।कालीगण्डकी नदीमा रहेको बन्जी जम्प र जिपलाइनको बीचमा पर्ने गरी १४ सय ८० मिटर लामो सुपरम्यान जिपलाइन सञ्चालन गर्न लागेको ‘द हार्नेस प्रालि’ ले जनाएको छ।८० लाख

पोखरामा ‘सुपरम्यान जिपलाइन’

कास्की – पछिल्लो समयमा पोखरामा थपिएका विभिन्न पर्यटकीय गतिविधिले पर्यटकको बसाइँ लम्ब्याउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । माछापुच्छ्रे पौडिने फेवाताल होस् वा यहाँका तलतलैया र लहरै चाँदीजस्तै टल्किएका हिमालको दृश्यले स्वदेशी एवम् विदेशीको ध्यान पोखरामा खिच्ने गरेको छ । साहसिक पर्यटनका जिपलाइन, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प आदिले साहसिक पर्यटनमा विशेष रूचि राख्नेका लागि पनि आकर्षक गन्तव्य बनेको छ ।  साहसिक पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै यहाँ विश्वकै भिरालो सुपरम्यान जिपलाइन भर्खरै सञ्चालनमा आएको छ । जि...

पोखरामा 'सुपरम्यान जिपलाइन' सुरू, गिनिज बुकमा दर्ता गर्न आवेदन

अमेरिकी ब्रान्ड 'जिप फ्लायर'को फ्रेन्चाइज रहेको हाइग्राउण्ड एडभेन्चर प्रालिले  'सुपरम्याम जिपलाइन' खेलको सुरू गरेको छ।

जिप साइक्लिङबाट आकाशमै सरर

३० करोडको लागतमा निर्मित उक्त पार्कमा जिप लाइन, सुपरम्यान जिपलाइन र पछिल्लोपटक जिप साइक्लिङ पनि भित्र्याइएको हो।

धरानमा सुरु भयो जिपलाइन, उपप्रमुखको 'सुपरम्यान' उडान

धरान : धरान उपमहानगरपालिका-४ स्थित भेडेटारमा साहसिक खेल जिपलाइनको उद्घाटन भएको छ। भेडेटार देवीथान जिपलाइनको शनिबार प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन्। मुख्यमन्त्रीले उद्घाटन गरेको जिपलाइनमा धरानका उपप्रमुख मन्जु भन्डारीले प्रयोग गरिन्। धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले गरेको उडान सुपरम्यान जिपलाइन ...

धुलिखेलमा सुपरम्यान जिपलाइन

पर्यटकीय नगरी धुलिखेलमा तयार छ, ‘सुपरम्यान जिपलाइन’ । धुलिखेल–८, थाक्लेडाँडाको ‘लन्च प्याड’ देखि पाँचखाल–५, खावामा अवस्थित ‘ल्यान्डिङ स्टेसन’ सम्म करिब १ हजार १ सय मिटर लम्बाइको जिपलाइन रहेको छ ।