विराटनगर : ‘वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्योनेपाली जनको महान् चाड आँगनमा आइपुग्योहो दशैँ आयो...’पथरीशनिश्चरे–१० मा रहेको भुटानी शरणार्थी क्याम्पकी भीममाया तामाङको घरमा बजिरहेको थियो यो गीत। त्यही गीतको पृष्ठभूमिमा थियो चकमन्न शरणार्थी बस्ती।थातथलो छोडेर आएका र छोडी जाने आफन्तको सम्झनामा बाँचेकी भीममायाको परिवारको गन्थन।पूर्वी नेपालको झापाको दमक नगरपालिकाको बेलडाँगी र मोरङको पथरी–शनिश्चरे शिविरमा रहेका भुटानी शरणार्थीलाई अमेरिका, अस्ट