अफ्रिकामा देखिएको खोपको चरम अभाव कसरी समाधान होला ?
अफ्रिकाले आफूले प्रयोग गर्ने जम्मा एक प्रतिशत खोप मात्र निर्माण गर्ने भएकाले ऊ खोपमा अरू मुलुकमाथि निर्भर रहन्छ
महामारीको समयमा समृद्ध मुलुकले कोभिड–१९ को खोप विकास तथा निर्माण कार्यमा अग्रता हासिल...
डुम्रे (तनहुँ) । तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा पानीको चरम अभाव थियो । सङ्घीय सरकारबाट चालु वर्षमा रु दुई करोड बजेट विनियोजन भएपछि यस स्थानमा पानी ल्याउन ट्याङ्की निर्माण हुन थालेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समपूरक योजनाअन्तर्गत […]
ढोरपाटन– जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै छ मालिकाको बान्द्रेगाउँ । डाँडापाखाले घेरिएको यो गाउँ वर्षौँदेखि खानेपानीको समस्यामा छ । गाउँमा खानेपानीको समस्या समाधान गरिदिने बाचा गरेका धेरैपटक सत्तामा पुगे । व्यवस्था फेरिए तर खानेपानीको समस्या भने सधैँ उस्तै । पानीको अभावले बारीमा लगाएका सागका पालुवा ओइलिएका छन् । विद्यालयका शौचालय ढुङ्डुङ्ती गन्हाउने भएका छन् । […]
अस्ट्रेलियाका विद्यालयमा शिक्षकको चर्को अभाव देखिएको छ । अभाव पूरा गर्न विभिन्न राज्य सरकारले आर्थिकलगायतका सुविधा घोषणा गरे पनि समस्या समाधान हुन सकेको छैन ।
नेपाल चेम्बर अफ कमर्सले मुलुकमा व्यावसायिक वातावरण झन् बिग्रिएको भन्दै अर्थतन्त्रका समस्याहरू तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।चेम्बर अफ कमर्सको ७१ औं वार्षिक साधारणसभा एवं चेम्बर दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र बाह्य तथा आन्तरिक दुवै कारणले समस्यामा पर्दै गएको धारणा राखे ।उनका अनुसार तरलताको चरम अभाव, ब्याजदरमा वृद्धि, कुल निर्यातले […]
महोत्तरी– दुई महिनाभित्र बर्दिबास नगरपालिका बासी पानीको समस्याबाट मुक्त हुने नगरप्रमुख विदुर कार्कीले बताएका छन् । पानीका समस्या भएका ठाउँमा झण्डै २४ करोडको लागतमा काम कार्यान्वयनको चरणमा रहेको बताउँदै कार्कीले त्यसको तत्काल समाधान हुने बताए । आज बर्दिबास-१० र ११ पर्ने भाङ्ग्रे झ्याउरे खानेपानी परियोजनाको शिलान्यास गर्दै नगरप्रमुख कार्कीले पानीको चरम अभाव रहेको सात दिने […]
बागलुङ – बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीको जनकल्याण माध्यमिक विद्यालयमा खानेपानीको चरम अभाव छ। खानेपानी व्यवस्थापनका लागि बर्सेनि बजेट छुट्टिने गरे पनि दिगो समाधान हुन सकेको छैन। विद्यालयमा पानी नभएपछि विद्यार्थी घरबाटै बोतलमा पानी बोक्न बाध्य छन्। पानी नहुँदा विद्यालय परिवारलाई नियमित सरसफाइ तथा शौचमा समेत समस्या हुने गरेको छ। विद्यालयमा पानीको निकै समस्या छ। केही […]
उद्योग संगठन मोरङले वित्तीय क्षेत्रमा तरलता अभावका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।संगठनका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर वित्तीय क्षेत्रमा देखा परेको तरलताको अभाव तत्काल समाधान गरी उद्योग व्यवसाय सञ्चालनमा सहजीकरणका लागि ध्यानाकर्षण गराएको हो ।संगठनका अध्यक्ष प्याकुरेलले तरलताको चरम अभाव […]
काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले निष्कासन गरेको रिपोमा बैंक तथा वित्तीय संस्थाहरूले बिडिङमा राखिएको भन्दा बढी रकम माग गरेका छन् । बैंकिङ क्षेत्रमा तरलता अभाव हुन थालेपछि राष्ट्र बैंकले पछिल्लो १ महीनामा पटकपटक गरेर १ खर्ब ३० अर्ब रुपैयाँको रिपो जारी गरेको छ, त्यसमा बैंक तथा वित्तीय संस्थाहरूले औसतमा २ दशमलव ४८ गुणा बढी रकम माग गरेका हुन् ।
रकमका आधारमा बैंक तथा वित्तीय संस्थाहरूले ३ खर्ब २२ अर्ब ८५ करोड रुपैयाँ रकम माग गरेका छन् । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले त्यस बराबरको रकम माग गरेका हुन् । यसले बैंकिङ क्षेत्रमा तरलताको चरम अभाव भएको पुष्टि भएको छ । राष्ट्र बैंकहरूअनुसार पछिल्लो समय बिडिङ राखिएको रकम सबै बैंकले लिने गरेका छन् ।
बैंकिङ क्षेत्रमा तरलता अभाव भएपछि राष्ट्र बैंकले भदौ १७ गतेयता ५ पटक गरेर उक्त बराबरको रिपो जारी गरेको थियो । त्यसमा ५ पटक नै बिडिङमा राखिएको रकमभन्दा बढी रकम नै माग भएको हो ।
कतिपय सरोकारवालाहरूले बैंकहरूले कृत्रिम रूपमा तरलताको अभाव बनाएको व्याख्या पनि गर्दै आएका छन् । वाणिज्य बैंकहरूले असोजको पहिलो साता ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । त्यसअवधिमा ८ अर्ब मात्र निक्षेप संकलन भएको छ । यस अवस्थामा बैंकहरूले कृत्रिम रूपमा तरलता अभाव गरेका हुन सक्ने उनीहरूको शंका छ ।
राष्ट्र बैंकले सीडी रेसियो लागू गरेपछि बैंकहरूले त्यसमा असन्तुष्टि पोखेका छन् । सोही विषयलाई लक्षित गरेर बैंकहरूले कृत्रिम रूपमा तरलता अभाव सृजना गरेको पनि आशंका गरिएको थियो । तर, राष्ट्र बैंकले पटकपटक रिपो जारी गर्नु र त्यसमा मागभन्दा बढी आवदेन आउनुले बैंकहरूमा साँच्चै नै तरलता अभाव भएको पुष्टि भएको छ ।
तरलता अभाव भएपछि राष्ट्र बैंकले रिपोमार्फत बैंकिङ क्षेत्रमा पैसा पठाउने गर्छ । राष्ट्र बैंकले रिपोमार्फत सीमित रकम बिडिङमा राख्छ । त्यसमा बैंकहरूले बोलकबोलमार्पmत उक्त रकम लिन सक्छन् ।
राष्ट्र बैंक सार्वजनिक ऋण व्यवस्थापन विभागका प्रमुख तथा कार्यकारी निर्देशक नरेश शाक्यले बैंकिङ क्षेत्रमा तरलताको अभाव भएको बताए । ‘बजारमा तरलताको अभाव भएपछि हामीले पटकपटक रिपो जारी गर्दै आएका छौं । प्रत्येकपटक बिडिङमा राखिएको रकमभन्दा बढी माग भएको छ,’ उनले भने, ‘यसले बैंकिङ क्षेत्रमा तरलताको बढी नै अभाव भएको देखिन्छ ।’
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि तरलता अभावको समस्या कायमै रहेको बताए । साथै, यो समस्या तत्काल समाधान नहुने संकेत पनि देखिएको उनको भनाइ छ । ‘छिट्टै नै तरलता अभावको समस्या समाधान हुन्छ र कात्तिकदेखि ब्याजदर पनि घट्छ भन्ने आशा थियो । पुनर्कर्जाबापत आउने पैसा, विप्रेषण र सरकारी खर्चलगायत माध्यमबाट तरलता आउँछ भन्ने थियो । तर, तत्काल नै त्यस्तो हुने देखिएन,’ उनले भने, ‘अहिले विप्रेषण आप्रवाह नै घटेको छ । शोधनान्तर स्थिति (बीओपी) पनि ऋणात्मक छ । यस्ता परिसूचकमा नकारात्मक संकेत देखिँदा तरलता अभावको समस्या लम्बिने देखिएको हो ।’
अब बैंकहरूले कर्जा प्रवाहलाई कटाउनुपर्ने उनको भनाइ रहेको छ । ‘तरलता अभाव हुँदा पनि बैंकहरूले अत्यधिक मात्रा कर्जा प्रवाह गरेका छन् । अब पनि यही अवस्था भयो भने झन् नाजुक स्थिति आउन सक्छ,’ उनले भने, ‘तसर्थ, अब बैंकहरूले कर्जा प्रवाहमा कडाइ गर्नुपर्छ । साथै, अर्थ मन्त्रालय तथा राष्ट्र बैंकले पनि सहयोगी भूमिका खेल्नुपर्छ ।’
वैशाख २१, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवा बजारकी शारदा देवि पौडेल बिहान उठ्ने बित्तिकै डोकोमा गाग्री बोकेर अरुण नदिको पुल तरेर खानेपानी लिन घण्टौं लगाएर जान्छिन्, बेलुका पनि उनको पहिलो काम पानी लिन डोकोमा गाग्री बोकेर जाने नै हो । पौडेल त एक उदाहरण मात्रै हुन् लेगुवाका बासिन्दा वर्षौदेखि खानेपानीको चरम समस्या भोग्दै आएका छन् ।
पानीको ठूलो मुहान नहुँदा यहाँका १०० भन्दा बढी घरधुरीलाई बाह्रै महीना खानेपानीको जोहो गर्न घण्टौं लाग्ने गरेको छ । अचम्मको कुरा त के भने लेगुवा बजारको डिलैमा अरुण नदि बगिरहेको छ । तर, त्यति नजिक अरुण नदि बगिरहेपनि लेगुवा बजारमा खानेपानीको चरम अभाव छ । लेगुवा बजारका स्थानीय लामो समयदेखि अरुण नदीका पुल पार गरेर पुगिने छिमेकी जिल्ला भोजपुरको फेरी बजार पुगेर खानेपानी ल्याउने गरेका छन् ।
केही समय पहिले प्रयोगमा आएका पानीका मुहान पनि सुक्दै गएको र नदिको पुल पार गरेर खानेपानी लिन आएको पौडेलले बताइन् । खानेपानीका मुहान सुकेपछि लेगुवाका बासिन्दाले घण्टौं लगाएर अरुण नदिको पुल तरेर जानुपर्ने बाध्यता रहेको छ । त्यहाँ पनि डिपबोरिङ गरेर निकालिएको खानेपानी रहेको छ । हुन त पहाडमा डिपबोरिङ कति दिनलाई हो भन्ने भर नै हुँदैन । तरपनि लेगुवाबासीले डिपरिङकै भर पर्नुपरेको छ, त्यो पनि घण्टौ टाढा । पानी लिन जाँदा दिउँसोको समयमा खाली भएपनि बिहान र बेलुकाको समयमा घण्टौं लाइनमा बस्नुपर्छ ।
वर्खाको समयमा केही मात्रामा सहज भएपनि हिउँदमा झनै दुःख बेहोर्नुपरेको स्थानीय लिलाकुमारी श्रेष्ठले बताइन् । उनले भोजपुरबाट खानेपानी बोकेर खान थालेको करीब १० बर्ष जति भएपनि कसैले दुःख नदेखेको बताइन् । केही समय अघिसम्म सञ्चालनमा रहेको खानेपानी योजनाबाट आएको पानीले गाउँ नै रोगको शिकार भएपछि खानेपानी बोकेर नै खानुपर्ने बाध्यता रहेको श्रेष्ठको भनाइ छ ।
अरुबेला भन्दा कोरोना महामारीका बेला खानेपानीको समस्याको विषयमा लेगुवाबासी झन चिन्तित बनेका छन् । पानी खोज्न जाँदा कोरोना सर्ने हो कि? भन्ने पिरलो छ पनि थपिएको छ यहाँका स्थानीयलाई । बजारबासी अहिले घण्टौ लगाएर पानी बोकेर खान बाध्य भएका छन् ।
यहाँ प्रत्येक दिन बिहान सबेरैदेखि राति अबेरसम्म पानी भर्नेको लाइन लाग्छ । खानेपानीका कारणले लेगुवामा कोरोना महामारी बढ्न सक्ने खतरा रहेको स्थानीय सुवन श्रेष्ठले बताए ।
जनप्रतिनिधी आएपछि समस्याको समाधान होला भन्ने आश गरेको भएपनि हालसम्म पटक पटक कुरा राख्दा पनि कुनै सुनुवाइ नभएको लेगुवा बासीको गुनासो छ । लेगुवा बजारमा खानेपानी योजना सञ्चालन भएपनि सरकारी निकायले नियमित अनुगमन र स्थानीयले रेखदेख नगर्दा समस्या भएको स्थानीय नारायण प्रसाद धमलाले बताए । उनले महालक्ष्मी नगरपालिकाले ८ लाखसम्मका खानेपानी योजना सञ्चालन गरेको भएपनि योजना सञ्चालनका लागि प्रयोग गरिएको सामान गुणस्तरहिन भएर काम नलागेको बताए ।
‘खानेपानीको नाला र कल खरीद गरेर नगरपालिकाले ल्यायो तर कल बनाउँदा बनाउँदै नाला चेप्टिएर कामै नलाग्ने भयो ।’ धमलाले भने, ‘नगरपालिकाले योजनाका लागि पैसा दियो, काम थोपो भएर तर पनि अनुगमन गरेन ।’ धमलाले गुनासो गर्दै थपे ‘हामी लेगुवाबासी भोजपुर पानी लिन जान बाध्य छौँ, नगरपालिकामा योजना माग गर्न जाँदा पहिले योजना दिइसकेको छ अब हुँदैन अरुणमा गएर पानी ल्याएर खानु भनेर फर्काउने गरेको छ ।’
लेगुवाबासी पानी नपाएर बसाइँ सर्ने अवस्थामा पुगेको बताउँछन् । छिमेकी जिल्ला भोजपुरले ३ किलोमिटर माथिसम्म अरुण नदीबाट पानी पम्पिङ गरेर लगेको हुनाले लेगुवामा करीब ५०० मिटर मात्रै उचाइ रहेकाले अरुण नदीबाट खानेपानी पम्पिङ गरिनु पर्ने स्थानीयको माग छ ।
यता महालक्ष्मी नगरपालिकाले भने नगरपालिकाको वडा न. ५ र ६ मा रहेको खानेपानी समस्या समाधान र व्यवस्थापनको लागि मुहान तथा पाइप लाइनको अनुगमन गरेको जानकारी दिएको छ । नगरपालिकाले यसै आर्थिक वर्षमा नयाँ पाइप लाइन थप तथा क्षमता विस्तारको कामका लागि जिल्ला खानेपानी कार्यलयसँग सहकार्य गरि अघि नगर प्रमुख पर्शुराम नेपालले बताए ।
उनले लेगुवा बजारमा खानेपानीको समस्या रहेको भएपनि समाधानका लागि नगरपालिका लागिरहेको प्रमुख नेपालले बताए । ‘गत साल ७ ओटा कल हालेको स्थानीयले सञ्चालनमा ल्याएनन् ।’, नगर प्रमुख नेपालले भने ‘अहिले पाइप लाइन विस्तार तथा लिफ्टिङको प्रक्रियामा छ ।’
नगर प्रमुख नेपालका अनुसार नयाँ पाइप लाइनेको यसै आर्थिक वर्षमा सम्पन्न हुने गरि इस्टमेट पनि भएको छ । ‘लेगुवाको खानेपानीको समस्या अहिलेको मात्रै नभएर धेरै पहिलेको समस्या हो ।’, नगर प्रमुख नेपालले थपे, ‘लेगुवाबासीले पटकपटक उपभोक्ता समिति बनाउने र नगरपालिकाले योजना हाल्दा उपभोक्ता समितिले कामै नगर्ने गरेका छन् ।’
हुन त लेगुवा अरुण नदीको किनारमा भएपनि नेपाल सरकारले सुख्खाग्रस्त क्षेत्रमा सूचीकृत गरेको छ । यसकारण पनि लेगुवामा खानेपानीको समस्या छ भनेर संघीय सरकारको खानेपानी विभागले थाहा पाउँदा पनि कुनै योजना अगाडि बढाएको छैन ।
८ चैत, गुल्मी । वर्षौंदेखि खानेपानीको चरम अभाव भोगिरेहका गुल्मीको रेसुङ्गा नगरपालिका-४ खाम्सेपानीका बासिन्दा अहिले हर्षित छन् । घरकै धारामा पानी आउला र उपभोग गरौंला भन्ने कल्पनासमेत नगरेका यहाँका बासिन्दा लिफ्टिङ्गमार्फत खानेपानी घरकै धारमा आइपुगेपछि हर्षित भएका हुन् । खाम्सेपानीमा लिफ्टिङ्गमार्फत वडाकै रैदी खोलाको पानी तानेर अग्लो स्थानमा पुगेपछि पानीको समस्या समाधान भएको छ । […]