रसुवा - अर्को वर्षदेखि नेपालको अग्लो ठाउँबाट चिज उत्पादन सुरु गरिने भएको छ ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङमा रहेको चिज उत्पादन केन्द्रले अर्को वर्षदेखि यालाखर्कबाट चिज उत्पादन सुरु गर्न लागेको हो । यो समुद्री सतहदेखि ५ हजार ५ सय मिटर क्षेत्रमा रहेको छ । यसभन्दा अगाडि नेपालको अन्य केन्द्रले यतिको उचाइबाट चिज उत्पादन गरेका छैनन् ।
अहिले केन्द्रले तीन ठाउँबाट चिज तथा मखन उत्पादन गर्दै आएको र अर्को वर्षदेखि एउटा शाखा थप गर्न लागिएको केन्द्र प्रमुख ग्याल्बु तामाङले बताउनुभयो । अहिले त्यस क्षेत्रमा कृषक छैन...