शनिबारदेखिको बाढीका कारण सप्तरी जिल्लाका विभिन्न स्थानमा भत्केको बाँधको मर्मत र पुनर्निर्माणका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । महुली नदीको बाँध भत्किएर समस्यामा परेको मयनाकरेडी र लोहजाराको भेडिया बस्तीलाई जोगाउन बुधबार दिउँसोबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।