प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद भीमसेनदास प्रधानले सरकारलाई संसद्को विश्वासबारे सदनमा जवाफ दिनुपर्ने बताएका छन् । उनले सरकारलाई समर्थन दिइरहेको दल नेकपा माओवादी केन्द्रले कामचलाउ भनिसकेको र कांग्रेसले प्रधानमन्त्रीको राजीनामा मागिसकेको अवस्थामा सरकारले सदनमा आएर जवाफ दिनुपर्ने बताएका हुन् ।