अदालतले रोक्यो एनबी बैंकको प्रवद्र्धक सेयर खरिद–बिक्री प्रक्रिया

नेपाल बंगलादेश (एनबी) बैंकको विवादमा परेको प्रवद्र्धक सेयर खरिद–बिक्री प्रक्रिया तत्काललाई रोकिएको छ । जिल्ला अदालत काठमाडौंले एनबी बैंकमा रहेको बंगलादेशको आईएफआईसी बैंकको करिब ४२ प्रतिशत सेयर तत्कालका लागि बिक्री नगर्न आदेश दिएपछि उक्त प्रक्रिया हाललाई रोकिएको हो ।न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले मंगलबार नै आईएफआईसी बैंकको सेयर खरिद–बिक्री रोक्ने आदेश दिएको भए पनि लिखित […]