इराकका दुई सैनिक क्याम्पमा मिसाइल हमला

एजेन्सी। इराकका दुई सैनिक क्याम्पमा मिसलाइल हमला भएको छ। क्याम्पमा अमेरिकी नेतृत्वको गठबन्धन सेना र त्यसअन्तर्गत काम गर्ने विदेशी कर्मचारी बस्छन्। इराकी सेनाका अनुसार, बुधबार तीनवटा रकेट उत्तरी बगदादको एयरबेसलाई निशाना बनाएर प्रहार गरिएको थियो। यसबाट भएको जनधनको नोक्सानीबारे केही बताइएको छैन। त्यसको केहीबेरमै बगदाद हवाईअड्डास्थित सैनिक क्याम्पमा मिसाइल खसेको थियो। सैनिक स्रोतका अनुसार, त्यो ड्रोन हमला थियो।

सम्बन्धित सामग्री

युक्रेनले भन्यो: रुसको हमलामा सातको मृत्यु, थुप्रै घाइते

युक्रेनको प्रहरीले रुसको बमबारीमा सातजनाको मृत्यु भएको बताएको छ । अधिकारीका अनुसार पोदिल्स्कमा एक सैन्य इलाकामा भएको हमलामा ६ जना मारिएको र सात घाइते भएका छन् । यस्तै, १९ जना बेपत्ता भएको बताइएको छ ।प्रहरीका अनुसार एक व्यक्तिको मृत्यु मेरियोपोलमा भएको हो । रुसका राष्ट्रपति पुटिनले बिहिबार बिहान युक्रेनको सैनिक कारवाहीको घोषणा गरेका थिए । त्यसपछि रुसले युक्रेनका थुप्रै सैनिक इलाकामा हमला गरेको छ । युक्रेनले पनि यसको पुष्टि गरेको छ र थुप्रै स्थानमा मिसाइल हमला गरेको बताएको छ । यद्यपि, र

शैन्य हमला गर्ने रुसको घोषणापछि युक्रेनका नागरिकले देश छाड्न थाले

रुसले युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेसँगै राजधानी किभबाट हजारौं नागरिक देश छोडेर हिड्न थालेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सैनिक कारबाही गर्ने घोषणा गरेसँगैं बमबारी र मिसाइल हमला सुरु भएको ...

पुटिनको घोषणा र रुसको हमलापछि युक्रेनको राजधानीबाट भागिरहेका छन् जनता

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनमाथि सैनिक कारवाहीको घोषणापछि राजधानी कीएफबाट ठूलो संख्यामा जनता बाहिरिँदै गरेको देखिएको छ । पुटिनको घोषणालगत्तै युक्रेनको बमबारी र मिसाइल हमला सुरु भएको छ ।युक्रेनको राजधानी कीएफको इमर्जेन्सी साइरन बजे । तस्बिरमा देखिए अनुसार त्यसपछि मानिस शहरबाट भाग्न थाले र एक्सप्रेस वेमा अत्यधिक संख्यामा कार देखिन थाले ।Our basement in Kyiv now filling up with families with small children. The kids are holding colouring books. Heartbreaking— Luke Harding

सिरियामा अस्पतालमा हमला, १३ जनाको मृत्यु

एजेन्सी। सिरियाको उत्तरी आफरिन सहरको एक अस्पतालमा मिसाइल हमला हुँदा दुई चिकित्साकर्मीसहित १३ जनाको मृत्यु भएको छ। उक्त सहर टर्की समर्थित लडाकूको कब्जामा छ। हमलाको जिम्मेवारी अहिलेसम्म कसैले नलिए पनि सरकारी सैनिक र कुर्द लडाकू तैनाथ रहने क्षेत्रमा शनिबार आक्रमण भएको हो। अस्पतालमा प्रहार गरिएको दुईवटा मिसाइलले पोलिक्लिनिक विभाग, इमर्जेन्सी र प्रसूति कक्ष नष्ट भएका छन्।