युक्रेनको प्रहरीले रुसको बमबारीमा सातजनाको मृत्यु भएको बताएको छ । अधिकारीका अनुसार पोदिल्स्कमा एक सैन्य इलाकामा भएको हमलामा ६ जना मारिएको र सात घाइते भएका छन् । यस्तै, १९ जना बेपत्ता भएको बताइएको छ ।प्रहरीका अनुसार एक व्यक्तिको मृत्यु मेरियोपोलमा भएको हो । रुसका राष्ट्रपति पुटिनले बिहिबार बिहान युक्रेनको सैनिक कारवाहीको घोषणा गरेका थिए । त्यसपछि रुसले युक्रेनका थुप्रै सैनिक इलाकामा हमला गरेको छ । युक्रेनले पनि यसको पुष्टि गरेको छ र थुप्रै स्थानमा मिसाइल हमला गरेको बताएको छ । यद्यपि, र