सिरियामा अस्पतालमा हमला, १३ जनाको मृत्यु

एजेन्सी। सिरियाको उत्तरी आफरिन सहरको एक अस्पतालमा मिसाइल हमला हुँदा दुई चिकित्साकर्मीसहित १३ जनाको मृत्यु भएको छ। उक्त सहर टर्की समर्थित लडाकूको कब्जामा छ। हमलाको जिम्मेवारी अहिलेसम्म कसैले नलिए पनि सरकारी सैनिक र कुर्द लडाकू तैनाथ रहने क्षेत्रमा शनिबार आक्रमण भएको हो। अस्पतालमा प्रहार गरिएको दुईवटा मिसाइलले पोलिक्लिनिक विभाग, इमर्जेन्सी र प्रसूति कक्ष नष्ट भएका छन्।