महिला उद्यमी सघाउन ५० करोडको कोष : एसएमइजमा ५ करोडसम्म लगानी

काठमाडौं। महिलाहरूले सञ्चालन गरेको उद्यमलाई सघाउने गरी ५० करोड रुपैयाँको कोष सञ्चालनमा आएको छ । वित्तीय सेवाको पहुँच पुर्‍याएर महिला उद्यमीको व्यवसायलाई माथि उकास्ने उद्देश्यले ग्लोबल इक्विटी फन्डले उक्त रकमको कोष औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । ग्लोबल इक्विटी फन्डले यूएसएडको ट्रेड एन्ड कम्पिटिटिभनेसको प्राविधिक सहयोगमा यो कोष शुरू गरेको हो ।  काठमाडौंमा मंगलवार कार्यक्रम आयोजना र तीनओटा कम्पनीसँग आशयपत्रमा हस्ताक्षर गरेर फन्डले कार्यक्रम शुरू भएको जानकारी दिएको छ । यो महिला उद्यमी केन्द्रित पहिलो कोष भएको फन्डको दाबी छ ।  फन्डका प्रबन्ध निर्देशक डा. मनीष थापाले यो कोषबाट महिला उद्यमीलाई न्यूनतम ५० लाख रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँसम्म सहयोग गरिने बताए । व्यवसायको आवश्यकता, मागअनुसार उद्यममा लगानी गरिने उनको भनाइ छ । ‘मंगलवार नै तीनओटा कम्पनीसँग आशयपत्रमा हस्ताक्षर भएको छ,’ उनले भने, ‘महिला उद्यमीका कम्पनीहरू हेर्न थालिसकेका छौं । पहिलो चरणमा १० देखि १५ ओटा लघु, साना, मझौला उद्यमहरू (एमएसएमइज)मा लगानी गर्नेछौं ।’ फन्डले कोषबाट रकम लगानी गर्न पाँचओटा मापदण्ड तोकेको छ । त्यसमध्ये उद्यमशीलतामा ५१ प्रतिशत महिलाको स्वामित्व रहेको, नेतृत्वदायी भूमिकामा ३० प्रतिशत महिला वा बोर्डमा ३० प्रतिशत, रोजगारीको मापदण्डभित्र भने ३० देखि ५० प्रतिशत सहभागी हुनुपर्ने थ्रेसहोल्ड फन्डले राखेको छ । यस्तै उपभोगको मापदण्डमा कुनै थ्रेसहोल्ड नराखे पनि ५औं मापदण्डमा महिला उद्यममा उनीहरूको लगानी ३० प्रतिशत हुनुपर्ने फन्डले उल्लेख गरेको छ ।  यी मापदण्ड पूरा गरेका कम्पनीलाई कोषबाट लगानी गरिने फन्डले जानकारी दिएको छ । यो कार्यक्रमबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० हजारले रोजगारी पाउने फन्डको अपेक्षा रहेको उल्लेख गरिएको छ । कार्यक्रममा अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन जेसन मिक्सले महिला उद्यमशीलतामा उनीहरूले सामना गरिरहेको वित्तीय पहुँचको प्रणालीगत समस्या समाधानमा सघाउ पुग्ने बताए ।  उनका अनुसार यो फन्ड परिचालनले नेपालमा उद्यमशीलता तथा आर्थिक वृद्धिलाई बढावा दिनेछ । उनले महिला उद्यमीहरूले व्यवसाय शुरू गर्न र सञ्चालनमा पनि धेरै समस्या सामना गर्नुपरेको पनि उल्लेख गरे । फन्डले पूँजीमा महिला उद्यमीको पहुँच बढाउने, उनीहरूको क्षमता निर्माण गर्ने र घरेलु तथा विश्व बजारसँगको सम्बन्धलाई बढावा दिने पनि उल्लेख गरिएको छ । नेपाल प्राइभेट इक्विटी एशोसिएशनका अध्यक्ष सिद्धान्तराज पाण्डेले दुई संस्थाबीचको सहकार्य सराहनीय भएको बताए । महिला उद्यमीले नेतृत्व गरेको उद्यमलाई यस्ता फन्डले ठूलो सहयोग पुग्ने उनको भनाइ छ । उनले यस्तो पहलले महिलाको व्यवसायलाई विविधीकरण गर्न, सेवाको उपलब्धतामा सुधार र बजार बनाउन पनि सघाउ पुग्ने विश्वास व्यक्त गरे । 

सम्बन्धित सामग्री

एनसेल र महिला उद्यमी महासंघबीच सम्झौता

काठमाडौं । एनसेल र महिला उद्यमी महासंघ नेपालबीच सम्झौता भएको छ । महिला उद्यमीहरूको क्षमता अभिवृद्धिका लागि महासंघसँग सहकार्य गर्न सम्झौता गरिएको एनसेलले जनाएको छ । १६ चैतमा ललितपुरको हेरिटेज गार्डेनमा आयोजित सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवाली र एनसेल कर्पोरेट कम्युनिकेसन तथा सीएसआर हेड विशाखा लक्ष्मी खड्काले समझदारी पत्रमा […]

अन्तर्राष्ट्रिय महिला उद्यमी मेला सम्पन्न

सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला मंगलबार सम्पन्न भएको छ।

राष्ट्रपतिसँग महिला उद्यमी महासंघको भेट

महिला उद्यमी महासंघ अध्यक्ष शोभा ज्ञवालीसहित समितिका नवनिर्वाचित पदाधिकारीको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलेसँग आइतबार भेट गरेको छ।...

ललितपुरमा पाँच दिने महिला उद्यमी मेला

साना तथा मझौला व्यवसायी महासंघ नेपालले आयोजना गरेको पाँच दिने महिला उद्यमी मेला ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा जारी छ।...

वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने

काठमाडौँको हनुमान ढोका दरबार वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने भएको छ । नेपाल हस्तकला महासङ्घको महिला उद्योग विकास समिति र बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा आगामी कात्तिक १८ देखि २० गतेसम्म महिला उद्यमी हस्तकला मेला हुन लागेको हो ।महासङ्घका निर्देशक ऋषिराज सुवेदीले महिला उद्यमी हस्तकला मेलामा प्राकृतिक रेशाका सामग्री, काष्ठकला, पत्थरकला, धातुकला, हातेकागज, फेल्ट, पश्मिनाका सामग्रीलगायतको सामग्री प्रदर्शन गरिने जानकारी दिए ।महासङ्घको आयोजना तथा उद्योग वाण

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २ भदौमा

महिला उद्यमी महासंघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०७९ हुने भएको छ ।महासंघले २ देखि ६ भदौसम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो । महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागेको बारेमा जानकारी गराएको हो ।महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले छरिएर […]

१५० महिला उद्यमी वीरजञ्जमा भेला हुने

देशभरका १५० महिला उद्यमी वीरगञ्जमा भेला हुने भएका छन् । वीरगञ्जमा शुक्रबार हुने ‘युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन’मा सहभागि हुन देशैभरबाट नेपालभरका उद्यमी महिला सहभागि हुने भएका हुन् ।

वीरगन्जमा महिला उद्यमी सम्मेलन हुने

वीरगन्ज-आर्थिक नगरी वीरगन्जमा नेपाली महिलाहरु सहभागितामा पहिलो पटक महिला उद्यमी सम्मेलन हुने भएको छ ।नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले लेडिज सर्कल नेपालसँगको सहकार्यमा यही कात्तिक ५ गते वीरगञ्जमा ‘नेपाली महिला उद्यमी सम्मेलन’ आयोजना गर्न लागेको हो ।नेपाली महिलाहरूको सहभागिता बढाउने उद्देश्यले मोफसलमै पहिलो पटक महिला उद्यमी सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिएको छ । […]

महिला उद्यमी व्यापार मेला भदौ १७ देखि

काठमाडौं। पाँचाैं अन्तर्राष्ट्रिय महिला व्यापार मेला २०२१ भदौ १७ गतेदेखि सुरु हुने भएको छ। भर्चुअल माध्यमबाट चल्ने मेला भदौ २१ गते सम्पन्न हुने छ। यस व्यापार मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी र व्यावारी तथा महिला निकासीकर्ताको सहभागिता हुने महिला उद्यमी महासंघले बताएको छ।

महिला उद्यमी व्यापार मेला भदौ १७ देखि

काठमाडौं। पाँचाैं अन्तर्राष्ट्रिय महिला व्यापार मेला २०२१ भदौ १७ गतेदेखि सुरु हुने भएको छ। भर्चुअल माध्यमबाट चल्ने मेला भदौ २१ गते सम्पन्न हुने छ। यस व्यापार मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी र व्यावारी तथा महिला निकासीकर्ताको सहभागिता हुने महिला उद्यमी महासंघले बताएको छ।