पतेनीकी ५० वर्षीया मैनकला थापा आइतबार बिहान कालागाउँस्थित प्रदेश अस्पतालमा जान अटो रिक्सामा चढिन् । सुरुमा भाडा सोध्दा ‘पछि मिलाउँला नि’ भनेका अटो चालकले उनीसँग ३ सय ५० रुपैयाँ मागे । जबकि पतेनीदेखि कालागाउँसम्मको दूरी झन्डै २ किलोमिटर मात्र छ ।
दसैंको मौका पारेर उदयपुर जिल्लाको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात व्यवसायी र सञ्चालकहरूले सवारी भाडामा मनपरी वृद्धि गर्न थालेका छन् । जिल्ला सदरमुकाम गाईघाटदेखि जिल्लाको पहाडी क्षेत्र सञ्चालन हुने यातायातका साधनहरुले अहिले दसैंको समयमा सवारी भाडा मनपरी वृद्धि गर्न थालेपछि पहाडी क्षेत्र जाने अधिकांश यात्रुले मारमा परेको गुनासो गर्न थालेका छन् ।जिल्ला सदरमुकाम गाईघाटदेखि मुर्कुची पुवाँरे हुँदै डिल्लीबर भएर माझखर्क, बासबोटे, जाँते, बराह तथा साउने खाँबु हुँदै रसुवा भएर बलाम्ता ताम्लिछा जाने पहा
उनले भने ‘पुरानो भाडा कैलालीको लम्कीबाट कालिकोटको जिते बजारसम्मको एक हजार एक सय भएपनि एक हजारमा टिकेट मिल्ने गरेको थियो। तर अहिले दुई हजार हातमा नथमाउदासम्म काउण्टरवालाले सिट छैन भन्दै टिकेट काट्न मान्दैनन्। जब दुई हजार उनीहरुको हातमा थमाईन्छ अनि टिकेट हा...
राष्ट्रिय सभा सदस्य जयन्ती देवी राईले सार्वजनिक यातायातले मनपरी भाडा लिएर आफूलगायत सर्वसाधारण ठगिए पनि नियमन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद राईले आफू दैनिक नेपाल यातायात चढेर संसद आउने जाने गरेको भन्दै त्यसरी यात्रा गर्दा मनपरी भाडा असुल्ने गरेको गुनासो गरिन् । उनले पेट्रोलियम पदार्थको मुल्य बढ्दा गाडी भाडा बढ्नु स्वभाविक भएपनि भाडा मनपरी लिने गरेको बताइन् । ‘यहाँ त मनपरी भाडा लिने गरिएको छ । म आफैले भोगेको कुरा भन्छु । म
कर्णाली करिडोरअन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्ला क्षेत्रमा यातायात व्यवसायीहरुले मनपरी भाडा असुल्ने गरेका छन्। यातायात व्यवसायीले मनपरी भाडा असुल्ने गरेपछि हुम्लाबाट नेपालगञ्ज, सुर्खेत, हुम्लालगायतका क्षेत्रमा आवतजावत गर्ने यात्रुहरुले मारमा पर्दै...
इलाममा यातायात व्यवसायीहरूले मनपरी भाडा उठाउने गरेका छन् । तेलको मूल्य बढेको भन्दै जिल्लामा सञ्चालित सवारीहरूले यात्रुहरूबाट आफू खुसी भाडा उठाउने गरेका हुन् ।आफूखुसी भाडा लिइरहेका ब्यवसायीहरूमाथी कसैले औँला उठाउन नसक्दा यस्तो परिस्थिति आएको यात्रुहरूको गुनाशो छ । अनुगमन गर्ने निकायले समेत कानमा तेल हाले झैँ गरेर बस्दा जिल्लाका यातायात ब्यवसायीहरूबाट यात्रु लुटिने गरेका छन् […]
अमृत अर्याल, स्याङ्जा । स्याङ्जाका ग्रामीण भेगमा चल्ने सवारी साधनहरुले मनपरी किसीमले भाडा असुल्दै आएको यात्रुहरुको गुनासो छ । ग्रामीण भेगमा चल्ने ट्याक्सी, जिप तथा सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रुको भनाई छ । ग्रामीण भेगमा चल्ने छोटो दुरीका सवारीसाधनहरुमा निश्चित भाडादर कायम गरेको पाईदैन् । यसले गर्दा धेरै यात्रु ठगिनु परेको छ । जिल्लामा […]
अमृत अर्याल, स्याङ्जा । स्याङ्जाका ग्रामीण भेगका यातायात व्यवसायीहरुले मानोमानी तरिकाले सरकारले तोकेको भन्दा बढी भाडा लिने गरेको पाइएको छ । यातायात व्यवस्था विभागले गत असार ३१ गते लामो तथा मध्यम दूरीमा चल्ने सार्वजनिक सवारीमा मात्रै भाडा बढाए पनि स्याङ्जाका व्यवसायीहरुले भने जिल्ला भित्रै चल्ने छोटो दूरीका सवारीमा समेत मनपरी भाडा बढाएर लिएका हुन् । […]
यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सके जति असुल्न थालेका छन् । विभागको वेबसाइटमा गत ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ । यात्रु रामचन्द्र सिम्खडाले शुक्रबार गोकर्णेश्वरबाट जोरपाटीसम्म तीन किमीभन्दा कम दूरी यात्रा गरेको भाडा २० असुलेको बताए । बढी भाडा लिने बा २ ख ६८०५ नम्बरको बसबार