मनपरी भाडा असुल्दै यातायात व्यावसायी

अमृत अर्याल, स्याङ्जा । स्याङ्जाका ग्रामीण भेगका यातायात व्यवसायीहरुले मानोमानी तरिकाले सरकारले तोकेको भन्दा बढी भाडा लिने गरेको पाइएको छ । यातायात व्यवस्था विभागले गत असार ३१ गते लामो तथा मध्यम दूरीमा चल्ने सार्वजनिक सवारीमा मात्रै भाडा बढाए पनि स्याङ्जाका व्यवसायीहरुले भने जिल्ला भित्रै चल्ने छोटो दूरीका सवारीमा समेत मनपरी भाडा बढाएर लिएका हुन् । […]

सम्बन्धित सामग्री

हेटाैँडा–काठमाण्डाै चल्ने जीपमा यात्रु ठगिँदै, कारबाही नगरेकाे गुनासाे

हेटौँडा : हेटौँडा–काठमाण्डौ चल्ने जीपले यात्रुलाई ठग्न थालेका छन् । पहिले दशैँको टीकाको दिन अगाडि मात्रै काठमाण्डौबाट हेटौँडा आउँदा यात्रुसँग दोब्बर भाडा लिँदै जीपले अहिले दुवै तर्फबाट ओहोरदोहोर गर्दा यात्रुलाई ठग्न थालेका छन् ।  दशैँको टीकाको भोलिपल्टदेखि हेटौँडाबाट काठमाण्डौ जाने र काठमाण्डौबाट हेटौँडा आउने जीपले यात्रुसँग तोकिएको भन्दा दोब्बर भाडा लिन थालेका हुन् । जीपको कृत्रिम अभाव सृजना गरेर यातायात व्यवसायीहरूले यात्रुलाई ठग्न थालेका हुन् । काठमाण्डौबाट हेटौँडा आउँदा नारायणी यातायात व्यावसायी स...

दसैंअघि यातायात भाडा नबढ्ने

आसन्न दसैं–तिहार अगाडि सार्वजनिक सवारीको भाडा वृद्धि नहुने भएको छ । सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दसैंअगाडि सावर्जनिक यातायातको भाडा वृद्धि नगर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ । व्यवसायीहरूले लामो समयदेखि भाडा वृद्धिको माग गर्दै आए पनि विभागसँगको छलफलमा दसैंअगाडि भाडा नबढाउने तर त्यसपछि भाडा निर्धारण गर्ने सहमति भएको हो । “विगतभन्दा अहिले यातायात व्यावसायी धेरै जिम्मेवार देखिनुभयो,” विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, “दसैं अगाडि भाडा वृद्धि हुँदैन ।”