कोशी प्रदेशको नाम विवाद : संवाद भयो, निरन्तरतामा शंका

४ असार, विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनरत पक्ष र प्रदेश सरकार सोमबार पहिलो पटक वार्ताको टेबलमा बसेका छन् । पहिचान पक्षधरले आन्दोलन सुरु गरेको साढे तीन महिनापछि भएको सरकारी र आन्दोलनरत पक्षको वार्ता टोलीस्तरमा भएको औपचारिक संवाद फेरि बस्ने गरी टुंगिएको छ । विराटनगरमा भएको वार्तामा औपचारिक रूपमा विषय प्रवेश भएको दुवै […]

सम्बन्धित सामग्री

कांग्रेसको कोशी संवाद : विधान परिमार्जन गर्न माग

नेपाली कांग्रेसले पार्टी निकट नेताहरूसँग ‘लोकतन्त्र संवाद’ गरेको छ । सुनसरीको इटहरीमा शनिबार सम्पन्न संवादका वक्ताहरूले पदाधिकारी तथा सदस्य वडा तहदेखि नै निर्वाचित हुँदै जानुपर्नेमा जोड दिएका छन् । केन्द्रीय सभापति, प्रदेश सभापति, जिल्ला सभापति, क्षेत्रीय प्रतिनिधिद्वारा बहुमतले चुनिनुपर्ने व्यवस्था हुनुपर्ने, पिछाडिएको वर्ग, लिङ्ग, समुदाय, अवसरबाट वञ्चित व्यक्ति नै समानुपातिक सूचीमा हुनुपर्ने, वडा तहलाई मजबुत …

कांग्रेसको कोशी संवाद : विधान परिमार्जन गर्न माग

मोरङ : नेपाली कांग्रेसले पार्टी निकट नेताहरूसँग ‘लोकतन्त्र संवाद’ गरेको छ। सुनसरीको इटहरीमा आज सम्पन्न संवादका वक्ताहरूले पदाधिकारी तथा सदस्य वडा तहदेखि नै निर्वाचित हुँदै जानुपर्नेमा जोड दिएका छन्।केन्द्रीय सभापति, प्रदेश सभापति, जिल्ला सभापति, क्षेत्रीय प्रतिनिधिद्वारा बहुमतले चुनिनुपर्ने व्यवस्था हुनुपर्ने, पिछाडिएको वर्ग, लिङ्ग, समुदाय, अवसरबाट वञ्चित व्यक्ति नै समानुपातिक सूचीमा हुनुपर्ने, वडा तहलाई मजबुत बनाउँदै पार्टीले केन्द्रीय मूल्याङ्कन विभाग बनाउनुपर्ने र व्यवस्थित तरिकाल

कोशी सरकारमा राप्रपा सहभागी नहुने

काठमाडौं, २० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शमशेर जबराले आफूहरु कोशी प्रदेश सरकारमा सहभागी नहुने बताएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरु संघीयता विरोधी शक्ति भएकाले कोशीको मध्यावधिलाई लिएर कुनै चिन्ता नरहेको बताएका हुन् । […]

संघीयताको मानक कोशी प्रदेशजस्तै हो भने खारेज हुनपर्छः भीम रावल

काठमाडौं, ३ कात्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले संघीयताको मानक कोशी प्रदेशजस्तै हो भने खारेज हुनुपर्ने बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कोशी प्रदेश अहिलेको संघीयताको सबैभन्दा भद्दा र कुरुप रुप भएको बताउँदै पहिलो पटक संघीयता खारेजीबारे बोलेका हुन् […]

‘कोशी प्रदेशको राजनीतिक संकट समाधान भयो’

मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएसँगै राजनीतिक संकट समाधान भएको बताएका छन्।प्रदेश प्रमुखको कार्यालयमा आज (आइतबार) पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग उनले सरकार गठनसँगै प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना टरेको बताए।मुख्यमन्त्री कार्कीले प्रदेशमा शान्ति, सदभाव र  समुदायबीच सौहार्द्रपूर्ण वातावरण कायम राख्नु सरकारको प्रमुख प्राथमिकता भएको बताउँदै त्यसका लागि छलफल, संवाद  एवं वार्ताद्वारा समस्या समाधान गर्नुपर्नेमा जोड दिए।&

कोशी सरकार जोगाउन ओली र देउवाबीच कुराकानी

काठमाडौं, १० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले आफू नेतृत्वको सरकार जोगाउनका लागि भरपूर प्रयास भइरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलसँग संवाद गर्दै उनले प्रदेश सरकार जोगाउनका लागि संसद्मा प्रतिनिधित्व रहेका छ वटै राजनीतिक दलसँग संवाद भइरहेको बताएका हुन् । उनले सरकारलाई विश्वासको […]

प्रादेशिक स्टार्टअप नीति तर्जुमाका लागि संवाद

विराटनगर  । कोशी प्रदेशको Startup नीति तर्जुमाका लागि विराटनगरमा सरोकारवालाहरूबीच संवाद भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा बिहीवार संवाद कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रादेशिक Startup नीति तर्जुमा कार्यलाई समयसापेक्ष बनाउने, प्रदेशभरका स्टार्टअपको विवरण अद्यावधिक गर्ने, नीतिमा समावेश गर्ने विषयको पहिचान गर्ने, लगानीको तौरतरीका र Technologyको प्रयोगबारे धारणा विकास गर्ने लगायत विषयमा अन्तरक्रिया भएको छ । कार्यक्रममा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले नव उद्यमीको व्यवसाय प्रवर्द्धनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपालमा कुनै पनि नयाँ आइडियालाई रोक्न नहुने बताए । नयाँ नयाँ आइडियालाई सरकार र निजीक्षेत्रले सहयोग गर्दै अघि बढाउन सके त्यसबाट मुलुकमा नवप्रवर्तन सम्भव हुने उनको भनाइ थियो । विश्वमा स्टार्टअप संस्कृति धेरै पुरानो भए पनि नेपालमा भर्खर हुर्कंदै गरेको र उद्यमशीलताप्रति नवउद्यमीको चाख तथा आकर्षण उल्लेख्य बढेको उनले बताए ।  उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव मेघनाथ तिमल्सेनाको अध्यक्षमा आयोजित कार्यक्रममा स्टार्टअप विज्ञहरू जीवनप्रकाश सिटौला र निरज खनालले नेपालमा स्टार्टअपको विकास, पृष्ठभूमि, स्टार्टअप नीतिमा प्रस्तावित व्यवस्थाहरूबारे प्रस्तुतीकरण गरेका थिए । उक्त प्रस्तुतिमाथि टिप्पणी गर्दै युवा उद्यमी प्रतीक राउत, कृषिविज्ञ डा. राजेन्द्र उप्रेती, मन्त्रालयकी खाद्य अनुसन्धान अधिकृत विमला पोखरेल, इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्रकुमार साह, नेपाल घरेलु तथा साना उद्योग संघ मोरङका अध्यक्ष चेतन निरौला, विकल्प द अल्टरनेटिभका वसन्त अधिकारी लगायतले स्टार्टअप क्षेत्रलाई अघि बढाउन सरकारले उपयुक्त नीति निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

कोशी र मधेश प्रदेशमा डिजिटल संवाद ४.० सम्पन्न, डिजिटल प्रदेश बारे वृहत छलफल

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल संवाद ४.० कोशी र मधेश प्रदेशमा सम्पन्न भएको छ ।  प्रदेशको डिजिटल सक्षमताको मापन गर्ने प्रयास अनुरूप गत वैशाख ४ गते विराटनगरमा डिजिटल कोशी संवाद र वैशाख ६ गते जनकपुरमा डिजिटल मधेश संवाद आयोजना भएको हो । अब यसपछि अन्य ५ वटा प्रदेशमा पनि डिजिटल संवाद ४.० हुनेछ ।  कोशी र मधेश प्रदेशमा आयोजना भएको डिजिटल संवादमा प्रदेशको डिजिटल...

सातै प्रदेशमा डिजिटल प्रदेश संवाद ४.० हुँदै, डिजिटल सक्षमताको मापन गर्ने प्रयास

सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा आगामी वैशाख ४ गतेदेखि कोशी प्रदेशबाट डिजिटल प्रदेश संवाद कार्यक्रम सुरू हुँदैछ । डिजिटल प्रदेश संवादमा प्रदेशको डिजिटल अवस्था बारे प्रदेश सरकार, जनप्रतिनिधि, सरोकारवाला र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिबीच वृहत छलफल हुनेछ । हरेक प्रदेशमा २ जना बिषय बिज्ञबाट कार्यपत्र...

कोशी अस्पतालमा स्वास्थ्यकर्मीको गुनासोको चाङ, दक्ष जनशक्ति थप्नुपर्नेमा जोड

मोरङ – विराटनगरस्थित कोशी अस्पतालमा दक्ष जनशक्तिको अभाव हुँदा उपचार सेवामा समस्या हुँदै गएको चिकित्सक तथा विभागीय प्रमुखहरुले गुनासो गरेका छन्। विराटनगरमा मंगलबार प्रदेश १ संवाद समूहद्वारा आयोजित कोशी अस्पतालको प्रभावकारी सेवा प्रवाहमा पत्रकारको भूमिका संवादमा सहभागी चिकित्सकहरुले उपचार प्रदान गर्ने क्रममा असुरक्षा बढेको बताएका छन्। संवादमा जोडिएका चिकित्सक तथा नर्सले बिरामी उपचारका क्रममा दुर्व्यवहारदेखि […]