दार्चुलाको महाकालीमा दुई पुल सञ्चालनमा

दार्चुला । दार्चुलाको महाकाली नदीमा नेपाल–भारत जोड्ने गरी थप दुईवटा झोलुंगे पुल सञ्चालनमा आएको छ । महाकालीमा तुइन विस्थापन कार्यक्रमअन्तर्गत निर्माणाधीन झोलुंगे पुल निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको हो । झोलुंगे पुलको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारत पिथौरागढका जिल्ला अधिकारी रीना जोशीले बिहीवार उद्घाटन गरे । मालघाट र मालघट्टेमा झोलुंगे पुल निर्माण भएपछि तुइनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए । ‘पुल निर्माणले व्यासीको वर्षौंदेखिको पीडामा केही मलम लागेको छ,’ उनले भने, ‘यहाँका स्थानीयलाई बजार आउजाउ गर्न सहज हुने भएको छ ।’ यसअघि पुल निर्माणको सम्झौता भए पनि ठेकेदारले काममा ढिलाइ गरेका कारण समस्या भएको थियो । नेपाल–भारत जोड्ने झोलुंगे पुल सञ्चालनमा आएपछि दुवै देशका नागरिकलाई आवतजावतमा सहज भएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । उनले भने, ‘यो पुलले दुवै राष्ट्रको सम्बन्धमा नयाँ आयाम थपिदिएको छ ।’ भारत पिथौरागढ जिल्ला अधिकारी जोशीले वर्षौंदेखिको नागरिकको समस्या झोलुंगे पुल सञ्चालनपछि सहज भएको प्रतिक्रिया दिइन् । ‘नेपाल–भारत दुईदेशीय सम्बन्धमात्र नभई रोटीबेटीको सम्बन्ध अझै मजबुत बनाइदिएको छ,’ उनले भनिन् । झोलुंगे पुलको भारततर्फ एसएसबी र नेपालतर्फ जनपद प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिन थालेका छन् । दुई देशको सम्बन्ध भएका कारण दुवैतर्फ चोरी तस्करी अवैध घुसपैठ रोक्न सुरक्षाकर्मीले सहयोग पुग्नेछ । महाकालीमा झोलुंगे पुल निर्माण भएर सञ्चालनमा आएसँगै तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । नेपालतिर सडक कालोपत्र भइनसकेको अवस्था व्यासका नागरिकका लागि सहज बाटोका रूपमा भारतीय सडक पर्दछ । भारतले डबल लेनको सडक निर्माण गरेका कारण नागरिक भारतीय बाटोको प्रयोग गर्दै खाद्यान्न, दैनिक उपभोग्य सामान ढुवानी गर्छन् । उद्घाटन भएका पुल निर्माणसँगै दार्चुलामा महाकाली नदीमाथि नेपाल–भारत जोड्ने १० ओटा झोलुंगे पुल सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारको तुइन विस्थापित अभियानअन्तर्गत पछिल्लो दुई वर्षमा महाकालीमा चारओटा पुल सञ्चालनमा ल्याइएको छ । २०७३ सालपछि लेकम–३ लाली, मालिकार्जुन गाउँपालिका–६ बाँकु र व्यास गाउँपालिका–६ बडूगाउँ र तिगरममा झोलुंगे पुल निर्माण भएको हो । यसअघि दार्चुला सदरमुकाम खलंगास्थित पुलघाट, व्यासको सीतापुल, महाकाली नगरपालिकाको दत्तु र मालिकार्जुन गाउँपालिकाको जोलजिबीमा झोलुंगे पुल सञ्चालनमा छ । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारत पिथौरागढको मल्ला छारछुमबीच यातायात सुविधा सहज बनाउने उद्देश्यसहित महाकाली नदीमा पक्की पुल निर्माण भइरहेको छ । रासस

सम्बन्धित सामग्री

सिरहा र धनुषा जोड्ने देशकै लामो झोलुंगे पुल सञ्चालनमा

१२ फागुन, जनकपुरधाम । सिरहा र धनुषा जोड्ने गरी कमला नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आएको छ । सिराहा नगरपालिका – १३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने गरी  निर्माण भएको पुलको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । एक हजार पाँच सय दशमलव ४४ मिटर लम्बाइ र १.२ मिटर चौडाइ […]

म्याग्दीको बेगखोला पक्की पुल सञ्चालनमा

म्याग्दी– राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्की पुल सञ्चालनमा आएको छ । पुल सञ्चालन भएपछि खोलामा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको छ । सात वर्षअघि बेगखोलामा आएको बाढीले ‘बेलिब्रिज’ बगाएपछि बर्खायाममा खोलाबाट सवारीसाधन वारपार गर्नुपर्ने समस्या थियो । बेनी–जोमसोम–कोरला सडक योजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले पुलमा शनिबारदेखि सवारीसाधन […]

तादी खोलामा निर्मित पक्की पुल सञ्चालनमा

त्रिशूली, २१ भदौ । नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नपा–१२ स्थित तादी खोलामा निर्माण थालिएको आठ वर्षपछि पक्की पुल सञ्चालनमा आएको छ । निर्माण सम्पन्न गरिसक्नुपर्ने भन्दा थप पाँचवर्ष ढिलो गरेर पुल निर्माण सम्पन्न भएको सडक डिभिजन नुवाकोटले जनाएको छ । डिभिजन प्रमुख अमृतमणि रिमालका अनुसार पुल निर्माणका क्रममा परिवर्तन गरिएको खोलाको वहाब नियन्त्रणमा लापरबाही […]

तादी खोलामा निर्मित पक्की पुल सञ्चालनमा

त्रिशूली, २१ भदौ । नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नपा–१२ स्थित तादी खोलामा निर्माण थालिएको आठ वर्षपछि पक्की पुल सञ्चालनमा आएको छ । निर्माण सम्पन्न गरिसक्नुपर्ने भन्दा थप पाँचवर्ष ढिलो गरेर पुल निर्माण सम्पन्न भएको सडक डिभिजन नुवाकोटले जनाएको छ । डिभिजन प्रमुख अमृतमणि रिमालका अनुसार पुल निर्माणका क्रममा परिवर्तन गरिएको खोलाको वहाब नियन्त्रणमा लापरबाही […]

नारायणगढ–मुग्लिन सडक : बनिसकेका पुल सञ्चालनमा ल्याइने

भरतपुर, जेठ १२ । नारायणगढ–मुग्लिन सडकमा निर्माण सम्पन्न भएका पुलहरू क्रमशः सञ्चालन गर्दै लगिने भएको छ। सङ्घीय राजधानी काठमाडौं छिर्ने मुख्य नाका मानिने सडकको यातायात सेवा वर्षामा पनि सहज बनाउन निर्माण सम्पन्न भएका पुललाई परीक्षणका रूपमा सञ्चालनमा ल्याउन लागिएको हो। नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले बनिसकेका पुल जेठको अन्तिमदेखि नै सञ्चालनमा ल्याउने तयारी भइरहेको […]

दार्चुलाको महाकालीमा दुई पुल सञ्चालनमा

दार्चुलाको महाकाली नदीमा नेपाल–भारत जोड्ने गरी थप दुईवटा झोलुङ्गे पुल सञ्चालनमा आएको छ । महाकालीमा तुइन विस्थापन कार्यक्रमअन्तर्गत निर्माणाधीन झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि पुल सञ्चालनमा आएको हो । झोलुङ्गे पुलको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारत पिथौरागढका जिल्ला अधिकारी रीना जोशीले बिहीबार उद्घाटन गर्नुभयो । मालघाट र मालघट्टेमा झोलुङ्गे पुल निर्माण भएपछि …

देउरी खोलामा निर्मित पक्की पुल सञ्चालनमा

उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका ५ देउरी खोलामा नवनिर्मित पक्की पुल सञ्चालनमा आएको छ।

निर्माणको १२ वर्षपछि कर्णाली करिडोरको पक्की पुल संचालनमा

कर्णाली करिडोर अन्तर्गतको  कर्णाली नदीको नरहरिनाथ–८ कालिकोटको खुलालुमा रहेको पक्की पुल संचालनमा आएको छ । कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने पुल सञ्चालनमा आएको हो । निर्माण थालेको १२ वर्षपछि कर्णाली करिडोरको...

बनिनसक्दै मोटरेबल पुल सञ्चालनमा ल्याइयाे

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलाको निर्माणाधीन मोटरेबल पुल सञ्चालनमा ल्याइएको छ।...

१० वर्षमा निर्माण भएको पुल सञ्चालनमा नआउँदै भासियो

जनकपुरधाम– धनुषा र सिरहा जोड्ने पुल निर्माण पूरा नहुँदै भासिएको छ। हुलाकी राजमार्ग अन्तर्गत सिरहाको बसपिट्टाघाटस्थित निर्माण भएको पुल सञ्चालनमा नआउँदै भासिएको हो। कमला नदीमा पानीको बहाब बढेपछि बिहीबार पुल भासिएको हो। सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेलले पुलको १२ वटा स्पानमध्ये एक स्पान १ फिट भासिएको जानकारी दिए। उनका अनुसार बसपिट्टाघाटस्थित निर्माणाधिन कमला […]