मुसहरहरूको गुनासो : हाम्रो बस्तीमा नेताको कुरा छोडौं, अप्ठ्यारोमा प्रहरी समेत आँउदैनन्

विराटनगर : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तीनकुनेमा ८० घर मुसहर समुदाय बसोबास गर्छन्। शिक्षा, स्वास्थ्य र रोजगारीदेखि टाढा रहेका उनीहरू दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने गर्दै आइरहेका छन्।शुक्रबार प्रदेश १ की सांसद उमिता विश्वकर्मासहित पाँचजना प्रदेशसभा सदस्य मुसहर बस्तीको अवस्था बुझ्न् पुगे। प्रदेश १ को मुख्यमन्त्री भीमप्रसाद आचार्य र विश्वकर्माको निर्वाचन क्षेत्रमा रहेको उक्त बस्तीको विकासमा सरकारले बेवास्ता गरेको उनीहरूले गुनासो गरे।‘यहाँ निर्वाचन जितेर गएका

सम्बन्धित सामग्री

नवलपुरको विपन्न बस्तीमा खानेपानीको संकट

नवलपुर । नवलपुरको देवचुली नगरपालिका–२ को विपन्न बस्तीमा खानेपानीको अभाव हुँदा स्थानीय दूषित खानेपानी पिउन बाध्य भएका छन् । स्थानीय तहकाे चुनावमा खानेपानीको समस्या समाधान गर्ने भनेर भोट मागेका जनप्रतिनिधिहरुले बेवास्ता गरेको उनीहरुले गुनासो गरेका हुन् । बस्तीमा रहेको ४ वटा कुवालाई सिंगो गाउँले प्रयोग गरिरहेको छ । शुद्ध खानेपानी नभएकै कारण विभिन्न स्वास्थ्य समस्या […]

काठमाडौँ महानगरपालिकाले थप पीडा दिएको भूमिहीनहरुको गुनासो

काठमाडौँ – भूमिहीनहरुले काठमाडौँ महानगरपालिकाले आफूहरुलाई थप पीडा दिएको गुनासो गरेका छन्। विश्व सामाजिक न्याय दिवसको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित ‘सामाजिक न्याय संवाद श्रृङ्खला’ कार्यक्रममा बोल्दै पीडित जानुका पोखरेललगायतले आफूहरुको बस्तीमा डोजर आतंक फैलाएर काठमाडौँ महानगरपालिकाले झनै पीडा दिएको बताएका हुन्। काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी पोखरेलले खाना, छाना र नानाको अभावमा रहेका […]

हात्ती आतंक: स्थानीय रातभर जाग्राम

जङ्गलसँग जोडिएको वडा १७ को विद्या टोल र कुमेल क्षेत्रका बासिन्दा हात्तीको त्रासले रातभर सुत्न सकेका छैनन्। एक सातादेखि जंगली हात्ती आएर बस्तीमा पस्न थालेको कारण राती घरमा सुत्न नसकिएको स्थानीयवासीको गुनासो छ।...

मतदाताको गुनासो : निर्वाचन जितेपछि सांसद बेपत्ता

बागलुङ । जब निर्वाचन आउँछ, तब उम्मेदवार माझी बस्ती पुग्ने गर्छन् । अहिले पनि प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिका–१ को माझी बस्तीमा उम्मेदवार तथा नेता अनेक आश्वासन बोकेर मत माग्न पुगेका छन् । बिहान–बेलुकाको छाक टार्न मुस्किल परिरहेको माझी समुदायलाई उम्मेदवारले रोजगार दिलाउने आश देखाइरहेका छन् । वि। सं। २०४८ […]

मुसहर बस्तीमा महन्थलाई प्रश्न- पाँच वर्षसम्म कहाँ हराउनु भो ?

महोत्तरी ३ का प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार लोसपा अध्यक्ष महन्थ ठाकुर घरदैलोमा जाँदा स्थानीय बासिन्दाले पुरानै गुनासो व्यक्त गरेका छन्।  बिहीबार घरदैलोका क्रममा ठाकुर मटिहानी नगरपालिका ९ सिमरदहीमा पुगेका थिए। मुसहर बस्तीमा...

चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

सर्लाही । सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको अभाव हुन थालेको छ । जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा विगतका वर्षमा झैं यस वर्षको सुक्खायाममा पनि खानेपानीको समस्या भएको हो । उत्तरी चुरे क्षेत्रका धारा, इनार, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि सो क्षेत्रका बस्तीमा खानेपानीको अभाव शुरू भएको ईश्वरपुर नगरपालिका–१२ का बासिन्दा रामबाबु थिङले गुनासो गरे । धारामा पानी आउन छाडेको धेरै भएको र आफूहरूले खोला तथा बगरका कुवाबाट पानी ल्याउने गरेकोमा अहिले ती कुवा पनि सुक्न थालेको उनले बताए । ईश्वरपुर–१२ को घारी बथान, गुइडुङ, शिर फुलजोर, शिर कालिञ्जोर तथा लालबन्दी नगरपालिका–१५ का धुसेनी, देउराली, तिनघरे, वडा नं १२, १३ र १४ का अधिकांश बस्तीका साथै हरिवन नगरपालिका–१ को चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या देखिएको छ ।    जिल्लाको कर्णाली भनेर चिनिने यी स्थानका बस्तीमा अन्य समयमा पनि खानेपानीको दिगो आपूर्ति हुँदैन । सुक्खा मौसम शुरू भएपछि खानेपानीको थप समस्या देखिएको ईश्वरपुर–१२ की जानकी माया विकले बताइन् । जिल्लाको चुरे क्षेत्रका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुनदेखि नै खानेपानीको समस्या शुरू हुने गर्दछ । स्थानीय सरकारलाई यो विषयमा जानकारी भएको भए पनि समस्या समाधानमा चासो नदिएको ईश्वरपुर–१२ का जीवन तामाङले बताए । रासस

लाप्राकको एकीकृत बस्तीमा प्राविधिक त्रुटि

हिमालको काखैमा हिमालजस्ता सुन्दर घर छन् । लाप्राकको गुप्सीपाखामा रहेको एकीकृत बस्तीमा हिउँदका तीन महिना हिउँको कलाकारिता देख्न पाइन्छ । तर नमुना बस्ती नाम दिइएका घर बाहिरबाट जति आकर्षक छन्, तिनको भित्री संरचना भने ज्यादै कमजोर छ । २०७२ सालको भूकम्प प्रभावितका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले बनाइदिएका नमुना बस्तीमा धेरै प्राविधिक त्रुटि रहेको स्थानीयवासीको गुनासो छ ।निर्माण सकिएको एक वर्ष नबित्दै धेरै घरका झ्याल–ढोका काम नलाग्ने भएका छन् । प्रयोग गरिएका फलाममा खिया लाग्न थालेको छ । क

चेपाङ बस्तीमा आगजनी : राहतको आसमै बित्यो एक वर्ष

काजीमान प्रजा दम्पतीको गुनासो– हामीलाई घरवारविहीन बनाएर सरकारले माडीमा मन्दिर बनाएछ  ल निकुञ्जले आगजनी गरेपछि कुसुमखोलाका नौ चेपाङ परिवार विस्थापित चितवनको विकट क्षेत्र कुसुमखोला पुग्दा सोमबार काजीमान प्रजा र उनकी श्रीमती...

सिङ्घिया खोला बस्तीमा पसेपछि विराटनगरका डेढ सय घर विस्थापित

विराटनगर : निरन्तर वर्षाका कारण सिङ्घिया खोलामा आएको बाढी बस्तीमा पसेपछि मोरङको  विराटनगर महानगरपालिका–१ का करिब  १५० घर परिवार विस्थापित भएका छन्।शुक्रबार राति परेको पानीसँगै सिङ्घिया खोलामा आएको बाढी बस्तीमा पसेर डुबान भएपछि स्थानीयहरु विस्थापित भएका हुन्। बाढी घरभित्र पस्न थालेपछि आफू र बालबच्चाको ज्यान जोगाउन  खाली चौरमा त्रिपाल टाँगेर बस्न बाध्य भएको मधु सहनीले बताइन्। बर्सेनि बाढीको समस्या बेहोर्न बाध्य रहेको उनले गुनासो गरिन्।‘बालबच्चा र आफ्नो ज्यान मात्रै लिएर

बाढी पहिरोकै बीचमा नदी खोलाको आकस्मिक बैठक

मानव बस्तीमा बाढी पहिरोले तहसनहस पारेपछि नदी र खोलाहरुमा पनि खैलाबैला मच्चियो । मानव बस्तीमा बसेर नदी खोलाले दुःख दिए भन्ने गुनासो सुनेपछि नदीको मुखियाले आकस्मिक बैठक बोलाए । बैठकमा सधैं एकनासले बगिरहने नदी, खोला तथा कहिलेकाहीँ मात्रै आफ्नो रुप देखाउने खोल्सा, खहरे, भेल, कुलोका प्रतिनिधि पनि उपस्थित भए ।मुखियाले सबैभन्दा पहिले नदीलाई सोधे : मान्छेहरुको बस्तीमा पसेर किन दुःख दिएको ? असार नलाग्दै नदी खोला बहुलायो भनेर हामीलाई गाली गरिरहेका छन् मान्छेले ।बस्ती नै सुसाउँदै आएको नदीका प्रतिनिधिले जवाफ दिए : हामी मा...