काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई नियन्त्रणमा लिएको छ । पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीबाट एक लाख रुपियाँ लिएको भन्ने उजुरीको आधारमा खटिएका अख्तियारको टोलीले सो रकमसहित पौडेललाई बिहीबार नियन्त्रणमा लिएको आयोगले जनाएको छ । यस विषयमा थप अनुसन्धान गर्ने आयोगका सहायक […]