प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट युवा संघ नेपालले सडकमा नमुना संसद् बनाएर विरोध प्रदर्शन गरेको छ । युवा संघले मंगलबार बानेश्वरको सडकमा ‘सडक संसद्’ बनाएर प्रतिनिधिसभाको बैठक जस्तै अवरोध गरेर अनौठो शैलीमा विरोध प्रदर्शन गरेको हो । नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदबारे सूचना नटाँसेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको विरोधमा युवा संघले विरोध जनाएको छ । राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले देउवा नेतृत्वको पाँच दलीय गठबन्धन गरेकाले गरेका राष्ट्रघाती कदमको विरोधमा संघ